Connect with us
Kapilvast Forest

स्थानीय सरकारलाई बजेट निर्माणको चटारो

२०८०, १४ जेष्ठ आईतवारमा प्रकाशित

कैलालीका स्थानीय तह बजेट निर्माणमा जुटेका छन् । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट असारमा सार्वजनिक गर्नेगरी स्थानीय तहहरू बजेट बनाउने काममा जुटेका हुन ।

जिल्लामा १३ वटा पालिका छन् । जसमध्ये कतिपय पालिकाले वडामा बजेटको सिलिङ लगिसकेका छन् भने कतिपयको सिलिङ बन्दैछ । गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्टले वडाहरूमा बजेटको सिलिङ पुगिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “टोल भेला भइसकेका छन् । वडा परिषद् पनि सकिएको छ । बजेटको सिलिङअनुसार योजना छनोटको काम भइरहेको छ ।”

अधिकांश भू–भाग तराई र केही भू–भाग पहाडी क्षेत्र रहेको कैलालीका पालिकाहरूमा कतिपय निकै भिन्न र धेरैजसो एकैखाले समस्या छन् । समस्याअनुसार जनताबाट योजना माग हुने गरेको छ । खासगरी बाटोघाटो, तटबन्ध, ढल, पुल पुलेसा निर्माणका योजना जनताबाट माग हुनेगरेको छ ।

जनताको मागअनुसार नै योजना छनोट गर्ने र बजेट बनाउने गरिएको टीकापुर नगरपालिकाका प्रमुख रामलाल डङ्गौरा थारुले बताउनुभयो । उहाँले सङ्घको बजेटको प्रतीक्षामा रहेको उल्लेख गर्नुहुँदै सिलिङ बनाउने काम भइरहेको बताउनुभयो ।

“हामी बजेट निर्माणको सुरसार गर्दैछौ” प्रमुख थारुले भन्नुभयो, “यद्यपि, सङ्घको बजेटको प्रतीक्षामा छौँ । त्यहाँबाट कस्तो बजेट आउँछ । त्यसपछि सोहीअनुसार अगाडि बढ्ने कार्य हुन्छ ।”

टीकापुरमा पर्यटन, पर्यावरणका सम्भावनालाई जोडेर आगामी आर्थिक वर्षमा अगाडि बढ्ने र त्यस्ता योजनालाई प्राथमिकतामा राख्ने जनाइएको छ । सहर, बजार र ग्रामीण क्षेत्रलाई जोड्ने योजना, कृषि उत्पादनलगायतलाई नगरपालिकाले प्राथमिकतासाथ अगाडि बढाउने डङ्गौराको भनाइ छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu