Connect with us
Kapilvast Forest

चीन भ्रमण फलदायी भयो : उपाध्यक्ष सापकोटा

२०८०, १९ जेष्ठ शुक्रबारमा प्रकाशित

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले १२ दिनको चीन भ्रमण फलदायी भएको बताउनुभयो। चीन भ्रमणबारे पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार गरिएको पत्रकार सम्मेलनमा उहाँले चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख, विभिन्न विभागका पार्टी प्रमुख र सरकार प्रमुखका रुपमा रहेका सेक्रेटरीसँग विविध विषयमा बृहंगम छलफल भएको बताउनुभयो ।

उहाँले भ्रमणअघि प्रधानमन्त्रीसँग भएको सल्लाह अनुसार जुलाईको अन्तिम वा अगस्ट महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीको चीन भ्रमण हुनसक्ने विषयमा जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “प्रधानमन्त्रीको सन्देश के छ त भनेर सोध्दा खेरी जुलाईको अन्तिम वा अगस्टको सुरुमा चीन भ्रमणको सम्भावना छ भन्नुहोला भन्नुभएको छ।बीआरआई अन्तर्गत सस्तो ब्याजदरमा ऋण उपलब्ध हुँदै आएको छ।केही अनुदान, सहायता भए आर्थिक विकासमा टेवा पुग्ने थियो।वान टु वान कुरा गर्दा यो कुरा हामीमाथि महासचिवलाई भन्छौं भनेपछि सकारात्मक रुपमा छलफल भयो ।”

उहाँले तातोपानी, केरुङ, कोरला, नुमाथांक सबै नाकाको एक–एक गरेर उल्लेख गरेर काठमाडौं–ल्हासा उडान भयो भने दुई देशको सम्बन्ध र व्यापारलाई अगाडि बढाउन सजिलो हुने विषय आफूहरुले राखेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “एक चीन नीतिको दृढ रुपमा समर्थन, असंलग्न परराष्ट्र नीति, पञ्चशीलको सिद्धान्त, संयुक्त राष्ट्र संघको बडापत्र यी सबैमा प्रतिबद्ध छौं भनेर विश्वास दिलायौं।जाने एक दिन, आउने एक दिन।१२ दिनको भ्रमण असाध्यै फलदायी भएको हामीले ठानेका छौं ।”

उहाँले भन्नुभयो, “खासगरी, शान्ति प्रक्रियामा आइसकेपछि दुई देशबीचको सम्बन्ध जीवनत्, सजीव र अलि बाक्लै भएको थियो।औपचारिक रुपमा पार्टीलाई निमन्त्रण गरेर यो हाम्रो १९ औं भ्रमण हो।चीनको गरिबी निवारणमा खेलिएको प्रक्रिया चमत्कारिक छ, आधुनिकीकरणको प्रक्रियाले हामीलाई प्रभावित पारेको छ ।”

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu