Connect with us
Kapilvast Forest

पाकिस्तानद्वारा दुई सय भारतीय माझी रिहा

२०८०, १९ जेष्ठ शुक्रबारमा प्रकाशित

pakrau-

पाकिस्तानले आज (शुक्रबार) थप दुई सय भारतीय मछुवारालाई रिहा गरेको छ । आजै तीन जना अन्य बन्दी पनि पाकिस्तानको जेलबाट मुक्त भएका छन् ।
गत महिना पाकिस्तानले एक सय ९८ भारतीय मछुवारालाई रिहा गरेको थियो । पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले मानवताका नाताले भारतीय माझीलाई कारबासमुक्त गरिएको बताउँदै मानवीय विषयलाई पाकिस्तानले राजनीतिक आवरण नदिने नीति अङ्गीकार गरेको जनाउनुभएको छ ।

पाकिस्तान इन्डिया पिपुल्स फोरम फर पिस एन्ड डेमोक्रेसीका पूर्वमहासचिव जतिन देसाईका अनुसार कराँचीको मालिर जेलबाट कैदीहरूलाई रिहा गरिएको हो । गत मे १५ मा लान्डी जेलबाट रिहा भएका १९८ भारतीय मछुवारा वाघा सीमा पार गरेर गुजरात पुगेका थिए ।

पाकिस्तानी सुरक्षा निकायहरूले समुद्रमा पक्राउ गरेका ६५४ जना माझीमध्ये ६३१ जनाले यस वर्षको अप्रिलसम्म जेल सजाय पूरा गरिसकेका र उनीहरूको राष्ट्रियता पनि प्रमाणित भइसकेको छ । यसअघि पाकिस्तानले आफ्नो जेलमा रहेका ६५४ मध्ये ४९९ लाई रिहा गर्ने निर्णय गरेको थियो ।

अरब सागरमा अन्तर्राष्ट्रिय समुद्री सीमा रेखा (आईएमबीएल) लाई लिएर भारत र पाकिस्तानबीच मतभेद छ । पाकिस्तानको सामुद्रिक सुरक्षा निकायले आफ्नो क्षेत्रीय जलक्षेत्रको उल्लङ्घन गरेको आरोपमा हरेक वर्ष केही सय भारतीय मछुवाराहरूलाई पक्राउ गर्छभने त्यसको बदलामा भारतीय निकायहरूले पनि प्रत्येक वर्ष पाकिस्तानी माझीलाई आईएमबिएल पार गरेको आरोपमा गिरफ्तार गर्दै आएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu