Connect with us
Kapilvast Forest

चन्द्रौटा हाट बजारबाट २ सय ३२ लिटर अबैध मदिरा बरामद

२०८०, २४ जेष्ठ बुधबारमा प्रकाशित

सनिउल्ला धोबी-
कपिलवस्तुको आन्तरिक राजस्व कार्यालय कृष्णनगरले चन्द्रौटा हाट बजारबाट २ सय ३२ लिटर अबैध घरेलु मदिरा बरामद गरेको छ । आन्तरिक राजस्व कार्यालयका कर अधिकृत धानेश्वर अर्यालको नेतृत्वमा खटेको बजार अनुगमन टोलीले २७ गयालेनमा मदिरा बरामद गरेको हो ।

उक्त मदिरा बजारमा बेच्न राखेकाले अनुगमन गरि अबैध खरेलु् मदिरा बरामद गरिएको हो । हाट बजारबाट बरामद गरिएको अबैध मदिरा वडा प्रहरी कार्यालय परिसर भित्र नष्ट गरिएको कर अधिकृत धानेश्वर आर्यालले जानकारी दिनुभयो ।

वडा प्रहरी कार्यालयमा आन्तरिक राजस्व कार्यालयका अनुगमन टोली, मदिरा व्यवासायी, पत्रकारको रोहबरमा मदिरा नष्ट गरिएको प्रहरी नायब निरिक्षक खिम बहादुर जिसीले जानकारी दिनुभयो ।