Connect with us
Kapilvast Forest

स्वर्गद्वारी दर्शन गरेर फर्केको गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु

२०८०, २९ जेष्ठ सोमबारमा प्रकाशित

तेजेन्द्र बुढा मगर_प्युठान
प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्केको गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । लु १ च ६३४५ नम्बरको ८ जना सवार गाडी स्वर्गद्वारी नगरपालिका-४, उपल्लो भिङ्ग्रीमा सडकबाट करिब ३५ मिटर तल खसेर दुर्घटना भएको हो । गाडीमा लमही ५ का २ महिला २ पुरुष र ४ बालबालिका सवार रहेको प्रहरीले जनाएको छ ।

अहिलेसम्म एक जना लमही-५, दाङका टंक कुमालको मात्र परिचय खुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर ज्यान गुमाएकाहरुलाई उद्धार गरेर पोस्टमार्टमका लागि अस्पताल लगिँदै गरेको स्वर्गद्वारी नगरपालिका-५, का वडा अध्यक्ष गिर बहादुर घर्ती मगरले बताउनुएको छ ।