Connect with us
Kapilvast Forest

समयभन्दा पहिले सकिँदै पुल निर्माणको काम

२०८०, ७ असार बिहीबारमा प्रकाशित

फाइल तस्बिर

बाँकेमा लुम्बिनी प्रदेश सरकार अन्तर्गत निर्माणाधीन अधिकांश पुलको निर्माण कार्य सुस्त रहेको अवस्थामा दुई वटा पुल निर्धारित समयभन्दा पहिले नै सम्पन्न हुनेभएको छ ।

लुम्बिनी प्रदेश अन्तर्गतको सडक पूर्वाधार विकास कार्यालयका अनुसार कोहलपुरस्थित रोहिणी खोला पुल र कम्दी–कचनापुर जोड्ने गौरीखोला पुलको निर्माण कार्य निर्धारित समयभन्दा पहिले नै सम्पन्न हुने अवस्थामा पुगेको छ । गौरी खोला पुल नारायणम निर्माण सेवाले पाँच करोड ७ लाख २ हजारमा २०८० मङ्सिर २२ गते सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ ।

यसैगरी रोहिणी नाला पुल २०८० मङ्सिर २३ गते सम्पन्न गर्ने गरी मल्ल–नारायणम जेभीले सात करोड १० लाख २३ हजार रुपियाँमा सम्झौता भएको सडक पूर्वाधार विकास कार्यालय बाँकेका प्रमुख ललितबहादुर न्यौपानेले जानकारी दिनुभयो । पुलको स्ल्यापको काम सम्पन्न भइसकेका कारण असार मसान्तभित्र दुवै पुलको निर्माण काम पूरा हुने अवस्था देखिएको सडक पूर्वाधार कार्यालयका प्राविधिक अधिकृत ओमप्रकाश पौडेलले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu