शिवराज साझेदारीका पदाधिकारीलाई सपथ ग्रहण तथा प्रमाणपत्र वितरण
कपिलवस्तुको शिवराज साझेदारी बन उपभोक्ता समितिका नव निर्वाचित पदाधिकारीहरुलाइ सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै डिभिजन वन कार्यालय गौतमबुद्धका डिभिजनल प्रमुख विश्वेन्द्र सुवेदीले वन रक्षा गर्नका लागि सबै नागरिक लाग्नु पर्ने बताउनुभयो ।
वन क्षेत्र जोगाउनका लागि सबै आपनो आपनो स्तरबाट हातेमालो गर्नु पर्ने बताउनु भयो । गत वैशाख ३१ गते सम्पन्न अधिवेशनले हरि प्रसाद पोख्रेल अध्यक्ष पदमा निर्वाचित हुनु भएको थियो ।
निर्वाचित पदाधिकारीहरुलाई एक कार्यक्रम विच प्रमाणपत्र वितरणका साथै सपथ ग्रहण कार्यक्रम सम्पन्न गरिएको सहायक वन अधिकृत प्रेम शंकर गुप्ताले जानकारी दिनुभयो ।