Connect with us
Kapilvast Forest

प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्व भ्रष्टाचार मुद्दा

२०८०, ८ असार शुक्रबारमा प्रकाशित

ओखलढुङ्गाको मोलुंग गाउँपालिका २ का तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्व तीन लाख ८२ हजार ५० रुपियाँ भ्रष्टाचार आरोप लागेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै श्रेष्ठसहित इन्जिनियर माधव निरौला, असिस्टेन्ट सब–इन्जिनियर शिवप्रसाद अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको जानकारी दिनुभएको हो ।

मोलुंग गाउँपालिका २ स्थित काफलबोटदेखि होल्पु मिसन हस्पिटलसम्म नयाँ सडक निर्माण योजनामा अनुसन्धान हुँदा किर्ते गरी नक्कली फाइल खडा गरी अनियमितता गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस कार्यमा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र राई, सचिव भक्तराज राई, कोषाध्यक्ष ननमाया राई, तत्काली वडा अध्यक्ष टंकबहादुर कार्की, तत्कालीन उपाध्यक्ष, अनुगमन समितिका संयोजक हेम कुमारी तामाङ, वडा सदस्य ओमबहादुर राई, लेखा अधिकृत प्वल घिमिरे र योजना शाखा प्रमुख वोदन केसीविरुद्व बिगो रकमको मागदाबीसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu