Connect with us
Kapilvast Forest

गोरखा दुर्घटना प्रति प्रधानमन्त्री प्रचण्डद्वारा दु:ख व्यक्त

२०८०, ८ असार शुक्रबारमा प्रकाशित

काठमाडौँ- गोरखामा भएको जिप दुर्घटना प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा दु:ख व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल मार्फत उहाँले गोरखाको सहिद लखन गाउँपालिका ३ मा भएको सवारी दुर्घटनामा परी पाँच जनाको दुखद निधनले मर्माहत भएको र घाइतेको तत्काल उपचारका लागि समेत सरोकार निकायलाई निर्देशन दिनुभएको छ ।

उहाँले दुर्घटनामा परी निधन हुनु भएकाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । उहाँले दुर्घटनामा परी घाइते हुनु भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu