कपिलवस्तुको एक किशोरी १५ दिन देखि बेपत्ता
सनिउल्ला धोबी-
कपिलवस्तुको शिवराज नगरपालिका ७ कि १७ बर्षकी एक किशोरी विगत १५ दिन देखि बेपत्ता भएकी छन । असार ५ गते स्कुल पढ्न जान्छु भनी हिडेकि किशोरी घर नआएपछि उनको परिवार चिन्तित भएका छन् ।
छोरीको खोजी कार्य सुरु गरेको किशोरीको परिवारले जनाएका छन । तर अझैसम्म छोरीको अवस्था बारे कुनै जानकारी प्राप्त गर्न नसकेको परिवारले जनाएका छन ।
किशोरीका बुवाले छोरीलाई बेपत्ता गरेको भन्दै ५ जना विरुद्ध इलाका प्रहरी कार्यालय गणेशपुरमा उजुरी समेत दिएका छन । किशोरीलाई बेपत्ता बनाउने शिवराजका ७ का जगतराम रैदास, विरेन्द्र रैदास, राम कुमार रैदास, लालमन रैदास र युवराज चौधरी विरुद्ध जाहेरी परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक कृष्ण रानाले बताउनु भयो । घटनाको दिन किशोरी र उजुरी परेका ब्यक्तिको मोबाइल लोकेशन कृष्णनगरमा देखिएकाले भारत गएको हुन सक्ने अनुमान गरिएको प्रहरी निरीक्षक रानाले बताउनु भयो ।
किशोरी र उजुरी परेकाहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।