Connect with us
Kapilvast Forest

नेसपाद्धारा कपिलवस्तुमा बृक्षारोपण कार्यक्रम

२०८०, १ श्रावण सोमबारमा प्रकाशित

नेपाल समाजवादी पार्टीले आजदेखि संगठन निर्माण तथा विस्तार अभियान सन्चालन गरेको छ । अभियानको क्रममा नेसपा कपिलवस्तुले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्लाको शिवराज नगरपालिका ५ स्थित सिद्धार्थ आधारभुत विद्यालयमा विभिन्न जातका फलफुलको विरुवा रोपेको नेसपाका केन्द्रिय सदस्य रहिस शाहले जानकारी दिनुभयो ।

बृक्षारोपण कार्यक्रममा नेसपाको केन्द्रिय सल्लाहकार समितिको केन्द्रिय अध्यक्ष विष्णु हरी शर्मा, केन्द्रिय सल्लाहकार समिति सदस्य इलियास मुसलमान, जिल्ला अध्यक्ष राम निवास पुरी लगायतको सहभागिता रहेको थियो ।
‘अबको राष्ट्रको संकल्प, समाजवादी विकल्प’ भन्ने नारासहित पुससम्म अभियान चल्ने नेसपाका केन्द्रिय सल्लाहकार समितिको केन्द्रिय अध्यक्ष विष्णु हरी शर्माले बताउनु भयो ।

सातै प्रदेशमा वृक्षारोपण गरी आज कार्यक्रमको उद्घाटन गरिएको शर्माले बताउनुभयो । विद्यालय परिसरमा विभिन्न प्रजातिका बृक्षरोपण गरेर अभियानको सुरुआत गरेको केन्द्रिय सल्लाहकार समिति सदस्य इलियास मुुसलमानले जानकारी दिनुभयो ।

जिल्ला अध्यक्ष राम निवास पुरीले नेसपाको संगठन विस्तार कार्य तिब्र गतीमा अघी बढाउने बताउनु भयो । पालिका स्तरिय संगठन विस्तारलाई जोड दिने जिल्ला अध्यक्ष पुरीको भनाई रहेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu