किन बैठक बोलाउदैनन मेयर थापा ?
सनिउल्ला धोबी-
कपिलवस्तुको शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले कार्यपालिका बैठक नबोलाउदा कार्यसम्पादनमा समस्या सृजना भएको छ । नगर प्रमुख थापालाई पटक पटक बैठक बोलाउन माग गर्दा समेत कुनै पहल नभएकाले बध्य भएर कार्यपालिका सदस्यहरुले पत्र बुझाएको बताएका छन ।
करार कर्मचारीहरुको छोराछोरी सामादायिक विद्यालयमा भर्ना, बाहिरका विद्यार्थीलाई शिवराजका विद्यालयमा भर्नाको विषय, शिक्षा समितिको म्याद समाप्त र शिवराज नगर शिक्षा ऐन २०७६ संसोधन गर्नुपर्ने माग राखी पत्र बुझाइएको छ ।
लामो समय देखि नगर प्रमुख अजय थापा तथा प्रमुख प्रशासकिय अधिकृत राकेश पाण्डेले बैठक नवोलाई एकलौटी ढङगबाट नगर सन्चालन गरेको उपप्रमुख शिव कुमारी चौधरीले आरोप लगाउनु भयो ।
बैठक नबस्दा आम नागरिकको काम गर्न कठिनाई भईरहेका उपप्रमुख चौधरीको भनाई रहेको छ । शिवराज नगरपालिकाको उपप्रमुख शिव कुमारी चौधरीको नेतृत्वमा पत्र बुझाई बैठक आह्वान गर्न माग गरिएको छ । नगर प्रमुख रप्रमुख प्रशासकिय अधिकृतले पालिकालाई नजरबन्द गर्न खोजेको शिवराज वडा नं ५ का अध्यक्ष नेत्र प्रसाद बेल्बासेले जानकारी दिनुभयो ।
जनसरोकारको विषयमा उठान भएका सवालमा चासो नदिई आफ्नै ढंगले नगर चलाएको आरोप लगाउदै तत्काल कार्यपालिका बैठक बोलाउन शिवराजका सबै वडाअध्यक्षहरुले समुहिक माग गरेका छन । उप प्रमुख शिव कुमारी चौधरीको उपस्थितीमा बैठक बसि ५ दिन भित्र नगर कार्यपालिकाको बैठक बोलाउन अनुरोध गरेको पत्रमा उल्लेख गरिएको छ ।
निम्न विषयहरु समेटेर नगरप्रमुखलाई पत्र बुझाइएको छ ।
१) यस शिवराज नगरपालिका अन्तर्गतका करार कर्मचारीहरुको निशुल्क शिक्षा भनां अभियानमा कर्मचारीहरुको छोराछोरी सामादायिक विद्यालयमा भर्ना गर्नुपर्ने कर्तव्य अन्तर्गत यस भन्दा पहिले सूचना जारी भइ आएकोमा हाल भर्ना नगर्दा शिवराज शिक्षा ऐन वमोजिम गर्नुपर्नेमा सो विपरित करार कर्मचारीको करार अवधि नविकरण नगर्ने भन्ने जानकारी प्राप्त भएको हुदा ।
२) यस शिवराज नगर भित्र रहेको सामुदायिक माध्यमिक विद्यालयले शिवराज नगर भित्रका तथा बाहिरका सामुदायिक विद्यालयवाट इस. ई. ई उत्तिणं पास विद्यार्थीहरुलाई आफ्नो क्याचमेन्ट ऐरिया भन्दा फरक भएका भनि अर्को सामुदायिक विद्यालयवाट आएका विद्यार्थीलाई भर्ना नगरेको जनगुनासो व्यापक आएको हुदा छलफल गर्नुपर्ने देखिएको ।
३) शिवराज नगर शिक्षा ऐन २०७६ बमोजिम नगर शिक्षा समितिको म्याद समाप्त भएकोले पुनः गठन गर्नुपर्ने देखिएको ।
४) शिवराज नगर शिक्षा ऐन २०७६ का कतिपय बुदाहरु समय सान्दर्भिक संसोधन गर्नुपर्ने भएकाले संसोधनका लागि छलफल गर्नुपर्ने ।