Connect with us
Kapilvast Forest

बालेनले पाए पीएचडीका लागि फेलोसिप

२०८०, २१ श्रावण आईतवारमा प्रकाशित

काठमाडौं -काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पीएचडीका लागि फेलोसिप पाएका छन् ।
उनलाई काठमाडौं विश्वविद्यालयले फेलोसिप दिएको हो ।

शाहले पर्यटन र अर्थतन्त्र प्रवर्द्धन गर्न नेवा: सम्पदा संरचनाको संरक्षण विषयमा पीएचडी गर्ने भएका हुन् ।

सोको जानकारी शाहले आफ्नो फेसबुकमार्फत दिएका छन् ।

प्रमुख शाहले काठमाडौं विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विभागबाट पीएचडी गर्न आवेदन दिएका थिए।