कपिलवस्तुमा बसको ठक्करबाट १० गाईगोरुको मृत्यु
न्युज सेन्टर नेपाल- कपिलवस्तुमा गएराती बसको ठक्करबाट १० गाई, गोरुको मृत्यु भएको छ । जिल्लाको वाणगंगा नगरपालिका र बुद्धभूमि नगरपालिकाको सिमा क्षेत्रमा पर्ने खारखानीमा बसको ठक्करबाट पशु मरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
काठमाण्डौबाट दाङ तुल्सीपुर जादै गरेको रात्री बसको ठक्करबाट ५ गाई र ५ गोरुको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरिक्षक नरेश बहादुर शाहीले जानकारी दिनुभयो । बसको ठक्करबाट ४ वटा पशु चौपायाँ घाईते भएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।
गाईगोरुलाई ठक्कर दिने बसलाई इलाका प्रहरी कार्यालय गोरुसिङ्गेको नियन्त्रणमा रहेको छ । राती अध्यधिक पानी परेको र तिब्र गतिका कारण विच सडकमा रहेका गाईगोरु ठोक्किएको प्रहरीले जनाएको छ ।
घाईते पशुको जिल्ला पशु सेवा कार्यालयका पशु चिकित्सकले उपचार गरि जंगल तिर लागेको र अन्यको पोष्ट मार्टम गरी गाडीएको गोरुसिङ्गेका प्रहरी निरिक्षक नरेश बहादुर शाहीले जानकारी दिनुभयो ।