कपिलवस्तुमा आएर महराले भने “घरघरमा जाऔं, कार्यकर्ताको भावना बुझौं”
सनिउल्ला धोबी-
कपिलवस्तु, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) केन्द्रिय उपाध्यक्ष तथा पुर्व सभामुख कृष्ण बहादुर महराले माओवादी केन्द्रले सुरु गरेको तीन महिने अभियान सफल बनाउन आम कार्यकर्तासगँ अग्रह गर्नु भयो ।
कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा स्थित मदरसाको सभाहलमा कर्याकर्तासग भेटगर्दै महराले पार्टीको सन्देशलाई आम कार्यकर्ताको घरघरमा गइ, भावना बुझेर सबै सक्रिय भइ लाग्नु पर्ने बताउनु भयो ।
सो भेटघाट कार्यक्रममा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री कुल प्रसद केसी, माओवादी केन्द्र लुम्बिनी प्रदेश इन्चार्ज हितमान शाक्य, मदरसा बोर्ड लुम्बिनी प्रदेश उपाध्यक्ष मौलाना मशहुद खा नेपाली, जिवब खड्का, प्रकाश पौडेल, कपिल खनाल, जाबेद खान, अनुप चौधरी, पुष्कर बन्जाडे लगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
कार्यक्रममा शिवराज नगरपालिकाका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।