Connect with us
Kapilvast Forest

कपिलवस्तुमा काँग्रेसको बिशेष आन्तरिक अभियान सम्पन्न

२०८०, ३० श्रावण मंगलवारमा प्रकाशित

कपिलवस्तु-
नेपाली काँग्रेस केन्द्रिय समितिको आव्हानमा साउन २० देखी ३० गते सम्म सञ्चालित बिशेष आन्तरिक अभियान सम्पन्न गरिएको छ । नेपाल प्रेस युनियन कपिलवस्तु शाखाको आयोजनामा तौलिहवामा सम्पन्न पत्रकार सम्मेलनमा अभियानका लागि केन्द्रिय प्रतिनिधी तथा काँग्रेस केन्द्रिय सदस्य अब्दुल सत्तारले जिल्लामा अभियान प्रभावकारी रुपमा अगाडी बढाई ठोस निचोड निकाल्न सफल भएको जानकारी दिए ।

अभियानको निष्कर्षमा स्थानिय समिती देखी भातृसत्तालाई पुर्णता दिने, स्थानिय तहमा जिल्ला प्रतिनिधी तोक्ने, गाँउ सेवा दल गठन गरि केन्द्र सम्म जानकारी दिने, स्थानिय तह देखी जिल्ला तह सम्म निरन्तर सम्पर्क सञ्जाल, जिम्मेवारी बाँडफाँड, कार्य समिती सञ्चालन गर्ने, सबै तहलाई प्रबिधीमैत्री बनाउने, बरिष्ठ नेतृत्वलाई समेटेर सल्लाहकार समिती बनाउने, सबै तहको सम्मेलन भदौ मसान्त भित्र सम्पन्न गर्ने र असन्तुष्टी तथा गुनासोलाई छलफल मार्फत समाधान गर्ने गरि १० वटा निर्णय गरिएको केन्द्रिय प्रतिनिधी अब्दुल सत्तारले बताए ।

पछिल्लो समय दलिय व्यवस्था माथी नै प्रश्न उठ्न थालेको र काँग्रेस कमजोड भए व्यवस्था प्रति नै आँच आउने उनको भनाई थियो । अबका दिनमा पार्टी हराउन खोज्ने गुट बिरुद्ध सबै एकजुट हुन पार्टीका नेता कार्यकर्तालाई उनले आव्हान गरे ।
सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशबाट जिल्लामा खटिएका प्रदेश प्रतिनिधी तथा काँग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठले गुट भित्रको उपगुटले काँग्रेसमा समस्या पार्दै आएको प्रष्ट्याउदै अब गुट होईन एकजुट हुने बेला आएको उनले बताए । काँग्रेसले चाडैं नै “समुदायमा काँग्रेस अभियान” सञ्चालन गर्न थालेको श्रेष्ठले जानकारी दिए । नेपाल प्रेस युनियन राष्ट्रियता, लोकतन्त्र र प्रेस स्वतन्त्रताका पक्षमा सदैव तत्पर रहेको युनियनका जिल्ला अध्यक्ष खग प्रसाद चापागाईले बताए ।

बिशेष आन्तरिक अभियानले काँग्रेसलाई एकताबद्ध बनाउन र लोकतन्त्रको सम्बद्र्धनमा टेवा पुर्याउने उनको भनाई थियो ।
प्रेस युनियनका सदस्य अशोक पौडेलको सञ्चालनमा सम्पन्न पत्रकार सम्मेलनमा काँग्रेस लुम्बिनी प्रदेश सदस्य कुसुमराज ज्ञवाली, शान्ता भण्डारी, रिना बिक, पार्टीका जिल्ला सचिव शक्ति सिंह ठकुरी, पत्रकार महासंघ शाखा अध्यक्ष किरणमान बज्राचार्य, महासंघ कपिलवस्तुका पुर्व अध्यक्ष मनोज पौडेल, प्रेस युनियन कपिलवस्तुका निर्वतमान अध्यक्ष गोपाल भण्डारी, प्रेस युनियन केन्द्रिय सदस्य नारद कोहार लगायतको सहभागीता रहेको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu