Connect with us
Kapilvast Forest

ललिता निवास प्रकरण: २ जना रिहा

२०८०, ३१ श्रावण बुधबारमा प्रकाशित

फाइल तस्बिर

ललिता निवास प्रकरणमा पक्राउ परेकामध्ये दुई जना रिहा भएका छन्। स्वास्थ्यका कारण उनीहरुलाई मुद्दा बुझाउने दिन पेश गर्नेगरी बुधबार रिहा गरिएको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रवक्ता नवराज अधिकारीले बताए।

अधिकारीले भने, ‘उहाँहरुको स्वास्थ्यमा समस्या आएका कारण मुद्दा बुझाउने दिन पेश गर्नेगरी बुधबार रिहा गरिएको हो। रिहा हुनेमा धर्मप्रसाद गौतम र लोकहरि घिमिरे रहेका छन्।’

रिहा हुनेमा मालमोत कार्यालय डिल्ली बजारका तत्कालीन अधिकृत धर्मप्रसाद गौतम र समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे रहेका छन्।

सीआईबीको हिरासतमा रहेका अन्य आरोपितलाई भने जिल्ला अदालतले ५ दिन थप हिरासतमा राख्न अनुमति दिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu