Connect with us
Kapilvast Forest

कपिलवस्तुको नेपाल आदर्शले निशुल्क शिक्षाको नाममा महंगो गाडी भाडा असुल्दै

२०८०, ३१ श्रावण बुधबारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
कपिलवस्तुको शिवराज नगरपालिकाका अभिभावकहरुले सामुदायिक विद्यालयले महंगो गाडी भाडा असुलेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन ।

शिवराज नगरपालिकामा निशुल्क शिक्षा लागु गरिएको छ तर नगरपालिकाको नेपाल आदर्श माध्यमिक विद्यालय शिवपुरले महगों गाडी भाडा असुली रहेको छ ।।

शिवराज नगरपालिकाले अबैध मान्दै बन्द गरेको सहयोग रसिदमा नेपाल आदर्श माध्यमिक विद्यालय शिवपुरले महगों गाडी भाडा असुलेको प्रमाण फेला परेको हो ।

रसिदमा खरेन्द्रपुर देखी शिवपुर सम्मको भाडा १३ सयको दरले असुल्दै गरेको पाएइको हो ।
महंगो भाडाको विषयमा नेपाल आदर्श माध्यमिक विद्यालय शिवपुरका प्रमुख मुक्ती नाथ पोखरेलसगँ बुझन खोज्दा उहाँको फोन सम्पर्क हुन सकेन ।

निशुल्क शिक्षासगै गाडी भाडा समेत निशुल्क हुनु पर्ने एक अभिभावकले माग राख्नुभयो । निशुल्क शिक्षा लागु भएको पालिकामा गाडी भाडाको नाममा अभिभावकमाथि भार थोपर्ने काम गरेको भन्दै तत्काल गाडी भाडा निशुल्क गर्न नाम नबताउने सर्तमा एक अभिभावकले माग राख्नुभयो ।

एक तिर निशुल्क शिक्षा लागु गरीएको छ भने आर्को तिर गाडी भाडा थपेर उल्टै आर्थिक भार थोपर्ने कामले अभिभावक दुखी भएका छन । निशुल्क शिक्षाको नाममा निजि विद्यालयलबाट सामुदायिक विद्यालयमा भर्ना गरिएको बालबालिको गाडी भाडाले गर्दा अभिभावक मारमा परेका छन ।

सामुदायिक विद्यालयले लिने गाडी भाडा भन्दा सस्तो निजि विद्यालयले लिने महिनाबारी शुल्क रहेको अभिभावकले बताएका छन ।

नेपाल आदर्श माध्यमिक विद्यालय शिवपुरको सहयोग रसिद

नेपाल आदर्श माध्यमिक विद्यालय शिवपुरको सहयोग रसिद

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu