Connect with us
Kapilvast Forest

सरकारको कदममा हाम्रो साथ रहन्छ – रवि लामिछाने

२०८०, २ भाद्र शनिबारमा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिले सरकारले भ्रष्टाचार विरुद्ध चालेको सकारात्मक कदममा आफूहरूको साथ र सहयोग रहेको बताउनु भएको छ । हामी भ्रष्टाचार गर्दैनौ र सहन्नौ पनि, उहाँले भन्नुभयो ।

प्रतिपक्ष तथा अरूलाई तर्साउनका लागि मात्र सरकार केन्द्रित नहोस् भन्दै उहाँले निष्पक्ष छानबिन गरेर दोषी जो भए पनि कारबाही गर्ने तत्परता सरकारले देखाउनु पर्ने उहाँको भनाई रहेको थियो । शुक्रवार अपराह्न झापाको दमक र साँझ गौरादहमा भएको कार्यक्रम तथा भेटघाटहरूलाई सम्बोधन गर्दै लामिछानेले आफूहरूको उपस्थिति र आवाजले नै विभिन्न भ्रष्टाचार मुद्दाका फायलहरू खुल्न थालेको दाबी गर्नु भयो ।

रास्वपा अर्थात् आफूहरू २१ जनाको उपस्थितिले अहिलेको संसद्को गरिमा बढेको पनि दाबी गर्नु भयो । जनताका कुरा उठाउने काम हामीले गरेका छौ र संसद्को गरिमालाई बढाएका छौ, उहाँले भन्नुभयो । विभिन्न काण्डहरूको फाइल आफूहरूकै दबाबका कारण खोलिएको उहाँको भनाई थियो ।

यदि यो विषय आफूहरूको दबाबमा नआएको भए अगाडि नै आउन सक्ने भन्दै त्यो समय किन आएन ? भनेर उहाँले प्रश्न गर्नु भयो । सार्वजनिक भएका काण्डका फाइलमा ठुला भनिएका दल र त्यसका शीर्षस्थ नेताहरुले आफूहरू ती काण्डमा संलग्न छैनौ भन्दै आफू बच्न र अरूलाई बचाउन स्पष्टीकरण दिँदैमा चार वर्ष बित्छ, लामिछानेले जनाउनु भयो ।

अहिलेका ठुला राजनीतिक दल र यसका नेताहरूले विभिन्न काण्डहरूको विषयमा स्पष्टीकरण दिँदै अबको ४ वर्ष बिताउने तर आफूहरू आउँदो निर्वाचन तथा ‘मिसन २०८४’ सफल बनाउन लागि पर्ने बताउनु भएको छ । हामी त्यो अवधिमा जनतामाझ जान्छौ र त्यही क्रममा अहिले म पूर्व आएको हुँ, लामिछानेले भन्नुभयो

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu