Connect with us
Kapilvast Forest

लुम्बिनी बौद्ध विश्वविद्यालयमा तत्काल उपकुलपति नियुक्ति गर्न माग

२०८०, २ भाद्र शनिबारमा प्रकाशित

काठमाडौँ-लुम्बिनी बौद्ध विश्वविद्यालयमा तत्काल उपकुलपति नियुक्ति गर्न माग गर्दै बौद्ध धर्मसँग सम्बन्धित विभिन्न चार संस्थाले संयुक्त रूपमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

अखिल नेपाल भिक्षु महासङ्घ (थेरवाद), नेपाल बौद्ध महासङ्घ (महायान), नेपाल परम्परागत बौद्ध धर्म सङ्ध (वज्रयान) र धर्मोदय सभाले लुम्बिनी बौद्ध विश्वविद्यालयमा योग्य उपकुलपतिको नियुक्ति अविलम्ब गर्न नेपाल सरकारसँग माग गरेका हुन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयमा उपकुलपतिको नियुक्तिमा हुने ढिलासुस्तीले नेपाली बौद्ध जगत् एवं विश्व बौद्ध जगत्मा समेत नकारात्मक सन्देश प्रवाह हुने तथ्यमा नेपाल सरकार एवं कुलपति संवेदनशील हुनु अत्यन्तै जरुरी रहेको उल्लेख गर्दै चारै वटा संस्थाले शुव्रmबार एक संयुक्त प्रेस विज्ञप्तिमार्फत भनेका छन्– “अन्तर्राष्ट्रिय बौद्ध जगत्को अपेक्षा अनुसार सम्बन्धित क्षेत्रकै प्राज्ञिक व्यक्तिलाई उपकुलपति पदमा नियुक्ति दिनु अति उत्तम हुने व्यावहारिक पक्षलाई समेत ध्यानमा राख्नु अत्यन्तै जरुरी छ ।”

विश्वविद्यालयका कुलपति रहनुभएका प्रधानमन्त्रीलाई उपकुलपति पदमा योग्य व्यक्तिलाई यथाशीघ्र नियुक्ति गर्न चारै संस्थाको एक प्रतिनिधिमण्डलले २०७९ चैत ७ गते भेटवार्ता गरी अनुरोध गरेको स्मरण पनि भिक्षु धम्मशोभन महास्थविर, खेम्पो लामा कमल भण्डारी, प्राडा नरेशमान वज्राचार्य र सागरमान वज्राचार्यद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu