Connect with us
Kapilvast Forest

धादिङ बस दुर्घटना : मृतक आठमध्ये चार जनाको सनाखत

२०८०, ६ भाद्र बुधबारमा प्रकाशित

धादिङको गजुरी गाउँपालिका,२ चालिसेस्थित छहराको बस दुर्घटना हुँदा मृत्यु भएका आठ जनामध्ये चार जनाको सनाखत भएको छ। काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान पृथ्वी राजमार्गको गजुरी नजिकै त्रिशूली नदीमा खसेको हो।

दुर्घटनामा मृत्यु भएकामध्ये म्याग्दी रघुगङ्गा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी–१ की १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङ गजुरी–८ का अन्दाजी २० वर्षीय सुशील रम्तेल र कास्की फूलबारी–११ का अन्दाजी २४ वर्षीय सुमन थापाको सनाखत भएको हो।

दुई महिला छ जना पुरुषको दुर्घटनास्थलमै मृत्यु भएको हो। मृतक एक महिला र तीन पुरुषको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो।

सहचालक रोशन तामाङका अनुसार १९ जनाले काउण्टबाट र दुई जनाले इसेवाबाट टिकेट काटेका थिए। कलङ्कीबाट दुई जना र धादिङको आदमघाटबाट दुई जना पुरुष बस चढेका थिए। सहचालक तामाङ सकुशल हुनुहुन्छ।

प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार १७ जना घाइते छन्। १३ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ। एक जनाको राजमार्ग अस्पताल मलेखु र एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार भइरहेको छ। सहचालक र बागलुङ गलकोटकी ज्ञानु बुढामगर सामान्य छन्।

गोताखोरको टोलीले एक जना यात्रु हराइरहेको आशङ्कामा खोजी गरिरहेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय उद्धार गरेका थिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu