तीर्थयात्री बोकेको बस दुर्घटना, ७ जनाको मृत्यु
काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना भएको छ । दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् ।
बस दुर्घटनामा मृत्यु हने ६ भारतीय नागरिक र एकजना नेपाली रहेका छन ।
चालकसहित २७ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फको खोलामा खसेको छ ।
काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना भएको बताइएको छ ।