कुलाले बगाउँदा एक महिलाको मृत्यु
कपिलवस्तुको बाणगंगामा कुलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ८ ढोडेकोल स्थित बाणगंगा नदिबाट सिँचाईका लागि बनाइएको कुलोमा बिहिबार माछा मार्ने क्रममा डुबेर अन्दाजी ५० वर्षीय गुड्ढी थारुको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
ईलाका प्रहरी कार्यालयका अनुसार मृतक महिलाले विहिवार बिहानको समयमा कुलोमा माछा मार्नै क्रममा बगाएको थियो । उनको शव झण्डै एक किलोमिटर तल फेला परेको हो ।
उनको शवलाई पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइएकोे र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।