Connect with us
Kapilvast Forest

नेपाल कम्युनिस्ट पार्टी (विप्लव) द्धारा एमसिए अध्यक्ष बिष्टको पुत्ला दहन

२०८०, ८ भाद्र शुक्रबारमा प्रकाशित

सनिउल्ला धोबी-
नेत्र विक्रम चन्द (विप्लव) ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले एम सि ए नेपालका प्रमुख खड्का बहादुर बिष्टको पुत्ला दहन गरेको छ । नेपाल कम्युनिस्ट पार्टीले कपिलवस्तुको चन्द्रौटा बजार चोकमा शुक्रवार वेलुका ५ बजे एमसिएका नेपाल प्रमुख विष्टको पुत्ला दहन गरेको हो ।

नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय कार्यालय सचिव तथा केन्द्रिय सदस्य सन्तोष सुवेदी (प्रयास सी) ले एमसिए परियोजनाले नेपाललाई बेच्ने प्रयास गरेको आरोप लगाउनु भयो ।
एमसिए र एमसिसि परियोजनाले नेपाललाई आधारशिला बनाएर कब्जा गर्न सडयन्त्र गर्न खोजेकाले राष्ट्रघाती परियोजना खारेज गर्नु पर्ने केन्द्रिय सदस्य सुवेदीले बताउनुभयो ।


नेपाल कम्युनिस्ट पार्टी पश्चिम कपिलवस्तु अध्यक्ष हेमन्त चौधरीको नेतृत्वमा पुत्ला दहन गरिएको हो ।

जिल्ला सचिव बिनोद लुइँटेल(पाबेल सी) ले नेपालमा राष्ट्रवाद स्थापनाका लागि एमसिए नेपालका अध्यक्ष खड्का बहादुर बिष्टको पुत्ला दहन गरेको बताउनुभयो ।
सो पुतला दहन कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu