Connect with us
Kapilvast Forest

एमसीसी कार्यान्वयन स्वाभाविक ढङ्गले हुन्छ : सञ्चारमन्त्री शर्मा

२०८०, १३ भाद्र बुधबारमा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) स्वाभाविक ढङ्गले कार्यान्वयन हुने बताउनुभएको छ। मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बुधबार सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीको प्रश्नको जवाफ दिनुहुँदै मन्त्री शर्माले यस्तो बताउनुभएको हो।

मन्त्री शर्माले भन्नुभयो, “एमसीसी कार्यान्वयनको विषय वादविवाद, संवाद, छलफलका बीचबाट र १२ बुँदे व्याख्यात्मक घोषणा गर्‍यौँ। त्यसलाई अगाडि बढाउने संसद्ले निर्णय गरेको हो। सम्भवतः त्यो समय पनि आन्दोलन थियो, त्यसको निकास त्यसरी निकालिएको थियो।”

उहाँले एमसीसी कार्यान्वयनमा कुनै प्रश्न नभएको समेत बताउनुभयो। उहाँले भन्नुभयो, “आजको दिनमा एमसीसी कार्यान्वयन हुने कि नहुने भन्नेमा प्रश्न नै रहेन, कार्यान्वयन स्वाभाविक ढङ्गले हुने नै भयो। तर, व्याख्यात्मक टिप्पणी जुन हामीले सार्वजनिक गर्‍यौँ त्यो कुरा आकर्षित हुन्छ कि हुँदैन भन्ने कुरा मेजर हो भन्ने लाग्छ। त्यसकारण, यसका निमित्त सरकार सचेत छ।”

मन्त्री शर्माले यस विषयमा प्रधानमन्त्रीले बाहिर पनि बोल्नुभएको प्रसङ्ग जोड्नुहुँदै भन्नुभयो, “प्रधानमन्त्रीले बाहिर बोल्नु पनि भएको छ। एमसीसीका पदाधिकारी जो यहाँ हुनुहुन्छ। अमेरिकी सरकार त हुने भई नै हाल्यो। निरन्तर छलफल, संवाद त हुने नै भइहाल्यो। व्याख्यात्मक घोषणा त्यसैसँग टाइअप गरेर कार्यान्वयनमा जान्छ भन्ने सरकारको बुझाइ छ।”

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu