Connect with us
Kapilvast Forest

पोर्चुगल पठाउने भन्दै तीन लाख ठगी गर्ने पक्राउ

२०८०, १७ भाद्र आईतवारमा प्रकाशित

पोर्चुगलमा वैदेशिक रोजगारीमा पठाउने भन्दै तीन लाख रुपियाँ लिएर सम्पर्कविहीन भएका २८ वर्षीय नवराज खड्कालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार स्थायी घर प्युठान मल्लरानी खलङ्गा भएर अहिले काठमाडौँको सामाखुसी बस्दै आएका खड्काले सन्दीप परियारलाई पोर्चुगलमा पुगेपछि मासिक तलब एक लाख ५० हजार रुपियाँ हुने आश्वास दिएर ठगी गरेका हुन्।

पोर्चुगल जान १५ लाख रुपियाँ लाग्ने भन्दै पटक-पटक गरी तीन लाख रुपियाँ ठगी गरेका खड्कालाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu