Connect with us
Kapilvast Forest

आत्महत्या न्यूनीकरण अभियानमा प्रहरी

२०८०, १० आश्विन बुधबारमा प्रकाशित

“आशा जगाऔँ, जीवन बचाऔं” भन्ने मूल नाराका साथ प्रहरी आजभोलि विद्यालयहरुमा पुग्ने गरेको छ । विद्यार्थीको बाल मानसपटलमा सकारात्मक उर्जा भर्न मुस्कानसहित प्रहरी यतिबेला विद्यालयहरुमा पुग्ने गरेको छ ।

विद्यालयमा प्रहरीका काम कारवाहीबारे जानकारी गराउन नभई विद्यालयमा हुर्कदै गरेको बाल मानसपटलमा आत्महत्या न्यूनीकरणबारे सकारात्मक उर्जा भर्न समुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरी विद्यालयमै पुग्ने गरेको हो ।

बाल बालिकाहरुको बढ्दो उमेरसँगै शारीरिक, मानसिक र बौद्धिक विकासका क्रममा आउने उतारचढावका कारण उनीहरुमा नकारात्मक विचारहरु आउने गर्दछ । यसलाई न्यूनीकरण गरी बालालिकामा जीवनप्रति आशावादी विचार राख्न सकारात्मक सोचको विकास गर्ने उद्देश्यले जिल्लका शैक्षिक संस्थाहरुमा सचेतना अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।

पछिल्लो समय आत्महत्याका घटनाहरु जिल्लामा बढ्दै गएपछि प्रहरी र सरोकारवाला संस्थाहरुले आत्महत्या न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रमलाई तीव्रता दिइएको छ ।

सुनसरी जिल्लाका १२ वटै स्थानीय निकायहरुमा रहेका विद्यालयहरुमा प्रहरीले अभियान नै चलाएर आत्महत्या न्यूनीकरणको सचेतना कार्यक्रम गर्दै आएको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “आत्महत्यालाई न्यूनीकरण गर्न समुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सचेतनामूलक अभियान थालिएको छ । आत्महत्यालाई न्यूनीकरण गर्न विद्यालयहरुबाट सचेतना कार्यक्रम थालिएको हो । मान्छेमा चेतना नभएकै कारण आत्महत्याका घटना बढिरहेको छ । सबैले आ–आफनो ठाउँबाट सचेतना अभियान सुरु गर्नुपर्छ ।”

यता वराहक्षेत्र नगरक्षेत्रमा आत्महत्याका घटना बढ्न थालेपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरले आत्महत्या रोकथामसम्बन्धी विद्यालय स्तरमै गएर सचेतना अभियान गर्दै आएको छ ।

नगरक्षेत्रमा आत्महत्याका घटना बढ्न थालेपछि नगरपालिका क्षेत्रभित्र रहेका विद्यालयहरुमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई आत्महत्या न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रममार्फत सचेतना गराउन थालेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

प्रहरी र ओरेक नेपाल सुनसरीकोे सहकार्यमा वराहक्षेत्र नगरको विद्यालयहरुमा पुगेर विद्यार्थीहरुलाई आत्महत्या न्यूनीकरणबारेमा अभियान चलाउँदै आएको ओरेक नेपालकी सुनसरी जिल्ला कार्यक्रम अधिकृत विमला घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “आत्मा हत्या के कारणले गर्छन् भन्नेबारे छलफल र मानसिक स्वास्थ्यसँग जोडेर विद्यार्थीहरुलाई आत्माहत्या न्यूनीकरणका बारेमा सचेतना गर्दै आएका छौं । के कारणले आत्माहत्याका सोचहरु आउछन् र सोचहरु आउँदा के उपाय अपनाउन सकिन्छ भन्ने विषयहरुमा रहेर काम गर्दै आएका छौँ ।”

जिल्ला भरिका विद्यालयहरुमा समुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत अभियान चलाउँदै आएको जिल्ला प्रहरी कार्यालाय सुनसरीले जनाएको छ । प्रहरीको अभियानमा विद्यार्थीहरु जिज्ञासु बनेर कार्यक्रममा सहभागी हुँदै आएका छन् ।

विद्यालय स्तरबाट सचेतना कार्यक्रम हुने हुँदा बाल मनोविज्ञानमा सकारात्मक प्रभाव पर्दै आएको छ । आत्म हत्या न्यूनीकरणमा कार्यक्रमले प्रभावकारी भूमिका निर्वाह गर्दे आएको ओरेक नेपालकी कार्यक्रम अधिकृत विमला घिमिरेले बताउनुभयो ।

प्रहरीले सिकाउने कार्यक्रमले विद्यार्थीहरुमा सकारात्मक प्रभाव पर्ने गरेको छ । उनीहरुले धेरै कुरा जान्न बुझन पाएका छन् । मान्छेमा दिनप्रतिदिन जिवनप्रति आशावादी हुन नसक्दा आत्महत्याका घटना बढिरहेका छन् । सबैले आ–आफनो गाउँ, टोल सबैतिरबाट आत्महत्यालाई न्यूनीकरण गर्न सकारात्मक सोचका साथ लाग्नुपर्ने बेला आएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu