Connect with us
Kapilvast Forest

नेपालगञ्जका विद्यालयमा बिहीबार सार्वजनिक बिदा

२०८०, १० आश्विन बुधबारमा प्रकाशित

नेपालगञ्ज उपमहानगरपालिकाले बिहीबार नेपालगञ्ज क्षेत्रभित्र रहेका सम्पूर्ण विद्यालयहरुलाई सार्वजनिक बिदा दिएको छ । मुस्लिम धर्मावलम्बीले मनाउने मोहम्मद डे को अवसरमा बिदा दिइएको उपमहानगरले जनाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका उपसचिव गोर्खबहादुर थापाद्वारा जारी सूचनामा इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर अल्लाह अलैवसल्लामको १४४५औं जन्म जयन्तीका अवसरमा मुस्लिम धर्मावलम्बीले नेपालसहित विश्वभर उल्लासका साथ मनाउन गइरहेका हुँदा नेपालगञ्ज क्षेत्रका सम्पूर्ण विद्यालयमा सार्वजनिक बिदा दिइएको जनाइएको छ ।

जारी सूचनामा नेपालगञ्ज क्षेत्रका सबै धार्मिक विद्यालय (मदरसा, गुरुकुल), सामुदायिक विद्यालयहरु तथा संस्थागत विद्यालयहरुमा सार्वजनिक ब्दिा दिइएको जनाइएको छ । राष्ट्रिय परीक्षा बोर्डको कार्यक्रम अनुसार सञ्चालित कक्षा १२ को परीक्षा भने सञ्चालन नै हुने सूचनामा जानकारी गराइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu