Connect with us
Kapilvast Forest

जनमतले कुनै दलसँग एकता र गठबन्धन नगर्ने

२०८०, ११ आश्विन बिहीबारमा प्रकाशित

काठमाडौं-सीके राउत नेतृत्वको जनमत पार्टीले कुनै पनि दलसँग एकता र गठबन्धन नगर्ने बताएको छ । केही समययता जनमत पार्टी र अन्य केही दलहरूको विषयलाई लिएर एकता र गठबन्धनको चर्चा चलिरहेको भन्दै त्यसमा कुनै सत्यता नभएको जनमत पार्टीको दावी छ ।

बिहीबार पत्रकारसँगको छलफलमा बोल्दै जनमत पार्टीका नवनियुक्त प्रवक्ता डा. शरदसिंह यादवले अन्य दलसँग राजनीतिक सम्बन्ध राख्ने र सहकार्य गर्ने, तर पार्टी एकता र गठबन्धन नगर्ने जिकिर गरे ।

नागरिक उन्मुक्ति पार्टीसँग कार्यगत एकता गरिसकेको जनमत पार्टीले त्यसलाई एकता वा गठबन्धनका रूपमा बुझ्न नहुने बताए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पनि औपचारिक सम्बन्ध मात्रै रहेको प्रवक्ता यादवले बताए ।

‘राष्ट्रिय स्वतन्त्र पार्टी होस् चाहे नागरिक उन्मुक्ति पार्टीसँग हाम्रो सम्बन्ध छ र विभिन्न मुद्दामा सहकार्य हुनसक्छ’, प्रवक्ता यादवले भने, ‘तर कुनै पनि दलसँग एकता र गठबन्धन नगर्ने भन्ने जनमतको स्पष्ट लाइन छ ।’

यस्तै जनता समाजवादी पार्टी (जसपा) सँग सम्बन्ध पनि बाहिर विश्लेषण भएजस्तो खराब नरहेको उनको भनाइ छ । ‘जसपा अध्यक्ष उपेन्द्र यादवसँग सप्तरीमा चुनाव लडेपछि मनमुटाब भएको भनियो । राजनीतिक हिसाबले हामीले गठबन्धनविरुद्ध चुनाल लडाएको विषयलाई व्यक्तिगतस्तरमा लिइनु हुँदैन’, प्रवक्ता यादवले भने, ‘त्यो चुनावको समय थियो । चुनावको समयमा गर्ने प्रतिस्पर्धा हामीले ग¥यौं । त्यो सकियो, तर अहिले पनि त्यही अवस्था होइन । हाम्रो सम्बन्ध ठीकठाक छ ।’

उनले मधेश प्रदेशमा जसपा नेतृत्वको सरकारमा जनमत पार्टी पनि सहभागी रहेको उदाहरण दिँदै दुई पार्टीबीचको राजनीतिक सम्बन्ध कस्तो छ भन्ने स्पष्ट हुने बताए ।

प्रवक्ता यादवले नागरिक उन्मुक्ति र लोसपासँग उपराष्ट्रपतिका लागि मोर्चाबन्दी भएको तर उनीहरुले धोका दिएपछि मोर्चा अगाडि नबढेको बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu