Connect with us
Kapilvast Forest

विप्लवको युवा संगठनद्धारा सरकारी गाडी नियन्त्रणमा

२०८०, १३ आश्विन शनिबारमा प्रकाशित

गोरखा– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको युवा संगठनले गोरखामा चारवटा सरकारी गाडी नियन्त्रणमा लिएको छ । सार्वजनिक बिदाको दिन सरकारी गाडी दुरुपयोग गरेकोले गोरखा नगरपालिका चोक आसपासबाट दुई वटा मोटरसाइकल र दुई चारपांग्रे गाडी नियन्त्रणमा लिइएको संगठनका नेता रन गुरुङले बताए ।

जिल्ला समन्वय समितिको बा२झ २८९ र बागतमी प्रदेश बीएबी९१९८ नम्वरको गाडीसहित कुन्दुरटार पालुङटार सिंचाइ आयोजनाको गण्डकी प्रदेश एएए ४७२६ नम्वरको मोटरसाइकल र पूर्वाधार कार्यालयको प्रदेश ३०२ ००१ब३६४० मोटरसाइलक नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।

नियन्त्रणमा लिइएको सवारी जिल्ला ट्राफिक प्रहरी कार्यालयमा बुझाइएको उनले बताए । सार्वजनिक बिदाका दिन सरकारी गाडीको दुरुपयोग हुने क्रम बढेको भन्दै निगरानी बढाइएको संगठनले जनाएको छ ।

गोरखा नगरपालिकाबाट शुरु भएको अभियान अब पालिकासम्म पुर्‍याउने संगठनका जिल्ला इन्चार्ज राजकुमार गुरुङले जानकारी दिए ।

उक्त गाडीहरु कार्यालय परिसरभित्र राखिएको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज वेदनाथ भण्डारीले बताए । ‘प्रशासन कार्यालयबाट पास लिएको हो कि होइन हामीले बुझ्दै छौ,’ उनले भने, ‘पास नभएकालाई हामी नियम अनुसार कारबाही गर्छौं ।’

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu