Connect with us
Kapilvast Forest

भित्री वस्त्रमा लागुऔषध ओसारपसार गर्ने पक्राउ

२०८०, १५ आश्विन सोमबारमा प्रकाशित

झापामा लागुऔषध भित्र्याउने गिरोहले प्रहरीलाई छक्याउन नयाँ उपाय लगाउन थालेको पाइएको छ । केही दिनअघि चामलको बोराभित्र लागुऔषध ल्याउने क्रममा प्रहरीले लागु्औषध कारोबारीलाई पक्राउ गरेको थियो ।

आइतवार इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट एक युवाले भित्री वस्त्र (पेन्टी) को इलास्टिकमा ब्राउन सुगर लुकाएर ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको छ ।

मेचीनगर नगरपालिका –६ स्थित मेचीपुलमा भारतबाट नेपालतर्फ आउँदै गरेका बुद्ध शान्ति गाउँपालिका –४ बस्ने ३६ वर्षीय सुरज थेवे र शिवसताक्षी नगरपालिका –७ बस्ने ४२ वर्षीय अमृत श्रेष्ठलाई पक्राउ गरेको हो ।

लागुऔषध भित्र्याउन लागेको आशङ्का लागी जाँच गर्दा थेवेले लगाएको पेन्टीको इलास्टिकभित्र लुकाइछिपाई ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषध ब्राउनसुगर ४ ग्राम ५ सय मिलिग्राम फेलापरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu