अनेमसङ्घ क्रान्तिकारी लुम्बिनी ब्यूरोद्वारा जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र
मन बहादुर सहकारी
कपिलवस्तु – नेकपा निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी पश्चिम लुम्बिनी ब्युरोले जिल्ला प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाएको छ ।
सोमबार संगठनका पश्चिम कपिलवस्तु जिल्ला र पुर्बी कपिलवस्तु जिल्लाद्धारा पश्चिम कपिलवस्तु जिल्ला सचिव पावेल सी ,केन्द्रीय प्रतिनिधि सदस्यीय सुस्मा सी संगठनका कपिलवस्तु जिल्ला अध्यक्ष चन्द्रामती सी लगाएतको टोलिले कपिलवस्तु जिल्ला कार्यलयलाई बुझाउनु भएको हो । सिंहदरबार काठमाडौंलाई महिला हिंसा अन्त्य लगाएतका मागसहितको ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्रमा महिला हिंसा अन्त्य , मिटरव्याज लघुबित्तले निम्त्याएको विकराल समस्याको अन्त्य , युवा पलायन र ठगिको अन्त्य , महिलाको पुर्ण सुरक्षा र रोजगारी , मुलुकको राष्ट्रियता सर्वाधिक संकटमा परेकाले त्यसको समाधानका लागि राज्यले ठोस पहलकदमी लगाएतका दर्जनौं मागसहितको ज्ञापन पत्र समेत बुझाइएको संगठनकि कपिलवस्तु जिल्ला अध्यक्ष चन्द्रामतीसीले जानकारी दिनुभयो ।

