Connect with us
Kapilvast Forest

जिल्ला प्रशासन कार्यालय कपिलवस्तु देशकै अतिउत्कृष्ट

२०८०, १८ आश्विन बिहीबारमा प्रकाशित

कपिलवस्तु– जिल्ला प्रशासन कार्यालय कपिलवस्तु देशकै अतिउत्कृष्ट स्थान प्राप्त गर्न सफल भएको छ । गृह मन्त्रालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७९ र ८० को कार्यसम्पादन मूल्याङ्कनको नतिजामा कपिलवस्तु प्रशासनले अतिउत्कृष्ट स्थान ल्याएको हो । गृह मन्त्रालयले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनका आधारमा कपिलवस्तु जिल्ला प्रशासन कार्यालय ९२ अंक प्रापत गरी देशकै २४ स्थानमा परी अतिउत्कृष्ट भएको प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले जानकारी दिनुभयो ।

गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरूबीच आर्थिक वर्ष ०७९र८० का लागि भएको कार्यसम्पादन सम्झौताको कार्यान्वयनको अवस्था मूल्यांकन समितिले सार्वजनिक गरेको मूल्यांकन प्रतिवेदन अनुसार कपिलवस्तु २४ औँ नम्बरमा रहँदै अतिउत्कृष्ट हुँदै ‘ए ग्रेड’ हासिल गरेको हो । कार्यसम्पादन मूल्याङ्कनमा गुल्मी प्रथम भएको हो ।
शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागु औषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण, मुद्दाको फर्छ्यौट लगायतका आधारमा कार्यसम्पादन मूल्यांकन गर्दा कपिलवस्तु अतिउत्कृष्ट जिल्लाभित्र पर्न सफल भएको प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले बताउनु भएको छ ।

अज जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरू संगको भेटघाट समन्वय बैठकमा उहाँले उक्त कुरा बताउनु भएको हो । कार्यक्रममा तीन वटै सुरक्षा निकायका प्रमुखहरू जिल्लामा क्रियाशिल पत्रकारहरूको सहभागितामा प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको अध्यक्षतामा समन्वय बैठक भएको हो ।

देशको शान्ति ,सु ब्यवस्था , अमन चयन खलबलिने किसिमको कुनै पनि सुचनाहरू संचार माध्यमहरूले प्रकाशन प्रशारण गर्न न हुने र बिभिन्न किसिमका सामाजिक संजालहरूमा पनि त्यस्ता कृयाकलाप गरेको पाइएमा कार्यवाही भै जाने कुरा समेत निर्णय भएको हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu