कपिलवस्तुका १० वटा स्थानीय तहका कर्मचारीद्धारा पेन डाउन
कपिलवस्तु--संघीय निजामती विधेयकको विरोध गर्दै स्थानीय तहमा कार्यरत कर्मचारीले पेन डाउन गरेका छन् । कपिलवस्तुमा रहेका १० वटा स्थानीय तहमा कर्मचारीहरुले आन्दोलन जारी राख्दै पेन डाउन गरिएको शिवराज नगरपालिकाका कर्मचारी तथा सुचना अधिकारी डिल्लीराज भटराईले बताउनु भयो ।
संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने माग राख्दै कर्मचारीले अन्दोलन गर्दै आएका छन् । संघीय निजामती ऐनमा स्थानीय तहका कर्मचारीलाई विभेद गरिएको शिवराज नगरपालिका सघर्ष समितिका संयोजक डिल्लीराज भट्टराईले बताउनु भयो ।
स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने, निजामतीको परिभाषा भित्र स्थानीय कर्मचारीलाई पनि समेटिनुपर्ने, तिन तहका कर्मचारीहरूलाई कुनै पनि सेवामा प्रवेश गर्दा उमेर हद नलगाउनुपर्ने, अन्तरप्रदेश सरुवाको व्यवस्था ऐनमै राखिनुपर्ने माग रहेको बताइएको छ ।