Connect with us
Kapilvast Forest

नयाँ दिल्ली रुटको यात्रुवाहक बसबाट अवैध सामान बरामद

२०८०, २० आश्विन शनिबारमा प्रकाशित

नेपालगन्जबाट भारतको नयाँ दिल्लीसम्म आवागमन गर्ने नेपाल–भारत मैत्री यात्रुवाहक बसबाट प्रहरीले करिब ५ लाख रुपियाँ बरावरको अवैध सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भारतको नयाँ दिल्लीबाट नेपालगन्ज आउँदैगरेको ना ६ ख २५६२ नम्बरको यात्रुवाहक बसबाट प्रहरीले ४ लाख ६८ हजार रुपियाँ बराबरको भन्सार राजस्व छलेको कपडा र मोटरसाइकलका पार्टस्हरु बरामद गरेको हो ।

बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले नेपालगन्ज–नयाँ दिल्ली रुटमा चल्दैआएको सो बसको मुनि पछाडिको पाङ्ग्रानजिकको ठाउँमा गोप्य बाकस बनाएर कसैले थाहा नपाउने र शङ्का समेत नगर्ने हिसाबले अवैध सामान भरेर ल्याइएको बताउनुभयो ।

उहाँले नेपाल–भारत नाकामा रहेका भारततर्फका दुई चेकपोष्ट र नेपालतर्फका जमुनाहा, भन्सार र सशस्त्र प्रहरीको चौलिकास्थित गरेर तीनवटा चेकपोष्ट पार गरेर ट्राफिक चोकमा पुगेपछि सो बसबाट उक्त सामान बरामद गरिएको बताउनुभयो ।

सो बसको मुनिपट्टि गोप्य बाकस बनाएर तस्करीका सामान नेपालबाट भारत लैजाने र भारतबाट नेपाल ल्याउने गरिएको सूचनाका आधारमा बसलाई नेपालगन्जस्थित ट्राफिक चोकमा रोकेर खानतलासी गर्दा सो अवैध सामान बरामद भएको प्रहरीले जनाएको छ ।

बाँकेका प्रहरी प्रवक्ता डिएसपी डाँगीले बस र सामानलाई नेपालगन्ज भन्सार कार्यालयमा बुझाएर घट्नाको अनुसन्धान गर्ने कार्य भइरहेको बताउनुभयो । भारतबाट आउने हरेक नेपालीको खानतलासी गरेर सय रुपियाँभन्दा बढीको सामान ल्याएमा भन्सार तिर्न लगाउने प्रहरी, सशस्त्र प्रहरी र भन्सारका कर्मचारीले पाँच लाखको सामान कसरी ल्याउन दिए भनेर स्थानीयले प्रश्न गरेका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu