शिवराजमा गाईगोरु मर्दै, गाई संरक्षणको बजेट फ्रीज हुँदै
सनिउल्ला धोबी-
कपिलवस्तुको शिवराज नगरपालिका अन्तरगत पर्ने पुर्वपश्चिम लोकमार्गमा दिनहु पशु चौपायको कारण सवारी दुर्घटना बढेको छ । नगरपालिकाले छाडा चौपाया व्यवस्थापनको लागि ठोस कदम चाल्न नसक्दा सवारी दुर्घटनाका साथै किसानहरुलाई समेत समस्या झेल्दै आउनु परेको छ ।
आज (सोमवार) विहान जिल्लाको चन्द्रौटा बजार स्थित पहुना मर्केट अगाडी एक चौपाया सवारी साधनको ठक्करले घाइते भएको छ । यसरी दिन प्रतिदिन दुर्घटना हुदाँ चौपया र सवारी सधान दुबैलाई असुरक्षित हुदै गएका छन । शिवराज नगरपालिकाको मुख्य समस्याको रुपमा रहेको चौपायालाई व्यवस्थापन गर्न स्थानियले पटक पटक माग गर्दै आएपनि पालिकाले नसुनेको स्थानियको गुनासो रहेको छ ।
शिवराज नगरपालिकाले चालु् आर्थिक बर्ष २०८०।०८१ मा गौमाता संरक्षणको लागि रु १० लाख विनियोजन गरेको छ । गाई संरक्षणका लागि बजेट विनियोजन गरेपनि काम भने नगरेको पाइएको छ ।
नगरपालिकाले गत आर्थिक बर्ष २०७९ । ८०। म १० लाख विनियोजन गरेपनि उक्त रकम फ्रिज भएको थियो । छाडा पशुचौपायको समस्यालाई मध्येनजर गरी रकम विनियोजन गरी बजेट फ्रिज गराउने कार्य प्रति नगरबासी असन्तृष्टी व्यक्त गरेका छन ।