Connect with us
Kapilvast Forest

द्रुत मार्गमा पुल निर्माण हुँदै

२०८०, ३ कार्तिक शुक्रबारमा प्रकाशित

काठमाडौँ–तराई/मधेश द्रुत मार्ग सडक आयोजना अन्तर्गत पक्की पुल निर्माणलाई तीव्रता दिइएको छ । यो आयोजना अन्तर्गत प्याकेज नं. १ देखि ७ सम्मका ६२ स्थानमा पुल निर्माण भइरहेका छन् ।

आयोजनाको गत साउन ३० गते स्वीकृत विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बमोजिम द्रुत मार्ग सडक आयोजनाको रेखाङ्कनमा जम्मा ८९ स्थानमा पुल निर्माण हुने आयोजनाले जनाएको छ ।

आयोजना अन्तर्गत हाल निर्माणाधीन पुलमध्ये प्याकेज नं. १ देखि ५ मा पर्ने पुल अन्तर्गत जमिनमुनि बनाउनुपर्ने एक हजार ७६८ वटा जगको पिल्लर (फाउन्डेसन पाइल) मध्ये एक हजार ९६ वटा निर्माण कार्य सम्पन्न भएको र पुलको जमिनमाथिको पिल्लरलगायत संरचनाको काम भइरहेको छ । तीन वटा पुलको स्ल्याबलगायतका संरचना निर्माणको कार्यसमेत सम्पन्न भइसकेको छ ।

नेपाली सेनाका सहायक रथी सूचना अधिकारी कृष्णप्रसाद भण्डारीका अनुसार बाँकी २३ वटा पुल निर्माण खरिद प्रक्रियामा रहेको छ । उहाँले खोकना खण्डको प्याकेज नं. ११ अन्तर्गतका चार वटा पुलको खरिद प्रक्रिया बाँकी रहेको जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu