Connect with us
Kapilvast Forest

अक्सफोर्ड कलेजद्वारा उत्कृष्ट प्राध्यापक–कर्मचारी सम्मानित

२०८०, ३ कार्तिक शुक्रबारमा प्रकाशित

नवलपुरको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेण्टले नेपालीहरुको महान् पर्वहरुको शुभकामना आदान प्रदानसँगै उत्कृष्ट प्राध्यापक र कर्मचारीलाई सम्मान गरेको छ ।
कलेजले बिहीबार भरतपुरको पटिहानीमा आयोजना गरेको महान चाड विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्दै सम्मान गरेको हो । आफ्नो विषयमा सत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल कलेजका प्राध्यापकसहित नियमित कलेज अध्यापन गराउने प्राध्यापक र कर्मचारीलाई प्रशंसापत्र र नगदसहित कलेज सम्मान गरेको कलेजका सहायक प्राचार्य तिलक पन्थीले जानकारी दिनुभयो । त्यस्तैगरी, कक्षा आठ र कक्षा १० को परीक्षामा उत्कृष्ट अङ्क ल्याउन सफल भएको भन्दै गैँडाकोट नगरपालिकाद्वारा सम्मानित भएका अक्सफोर्ड माध्यमिक विद्यालयका विभिन्न सात जना विषय शिक्षकहरुलाईसमेत बिहीबारको कार्यक्रममा सम्मान गरिएको पन्थीले बताउनुभयो ।

त्यसैगरी, अक्सफोर्ड कलेजको भगिनी संस्थाको रुपमा रहेका विभिन्न शैक्षिक संस्थामध्ये उत्कृष्ट व्यवस्थापन गर्न सफल भएको भन्दै खैरहनीको पर्सा बजारमा रहेको ग्लो साइन एकेडेमी माध्यमिक विद्यालय र नारायणगढमा रहेको सेन्ट्रल इङ्लिस स्कुललाईसमेत सम्मान गरिएको पन्थीको भनाइ छ । कार्यक्रमका प्रमुख अतिथि एवं अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेण्टका प्रिन्सिपल प्राध्यापक इन्जिनीयर हरि भण्डारीले सकारात्मक सोच र विचार राखेर अघि बढ्नुपर्ने बताउनुभयो । कलेजका प्राध्यापकहरुले वास्तविक रुपमा काम गरेर नतिजा दिनुपर्ने उल्लेख गर्दै भण्डारीले विद्यार्थीहरुलाई विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्नेगरी शिक्षा दिनुपर्ने बताउनुभयो ।

नेपालीहरु कला र संस्कृतिले धनी रहेका उल्लेख गर्दै उहाँले संस्कृतिसँगै हामी जोडिनुपर्ने भण्डारीले बताउनुभयो । नेपाली समाज नकारात्मकतातर्फ गइरहेको भन्दै उहाँले विभिन्न सञ्चार माध्यममा कलेजका विषयमा देखाइएका कमीकमजोरीहरु भाइरल भइरहेको बताउनुभयो । कलेजले नेपालमै उत्कृष्ट नतिजा ल्याउँदा यसबारे कसैले नलेखेका भन्दै उहाँले कलेजको बारेमा सबै सत्य कुरा लेखिदिन आग्रह गर्नुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै कलेजका शैक्षिक सल्लाहकार वसन्त अधिकारीले शिक्षालाई प्रविधिसँग जोडेर अगाडि बढेमा मात्रै विश्वमा प्रतिस्पर्धी जनशक्ति निर्माण गर्न सकिने बताउनुभयो । कार्यक्रममा कलेजका प्राध्यापकहरुको तर्फबाट सूर्यनारायण पौडेल, भ्याली स्टेट कलेजका प्रिन्सिपल बाबुराम खनाल, ग्लो साइन एकेडेमी माध्यमिक विद्यालयका प्रिन्सिपल टेकराज अधिकारी, नवल एकेडेमी कावासोतीका प्रिन्सिपल भीम कँडेल, सेन्ट्रल बोर्डिङ स्कुलका प्रिन्सिपल राजेश श्रवण, अक्सफोर्ड माविका शिक्षक कमल वाग्लेलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कलेजका अध्यक्ष नारायणप्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका वरिष्ठ सल्लाहकार रामप्रसाद चाचल विशेष अतिथि रहनुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu