तरुण दल कपिलवस्तुद्धारा अति विपन्न परिवारलाई राहत वितरण
सनिउल्ला धोबी, कपिलवस्तु-
नेपाली कांग्रेसको भात्रृ संगठन नेपाल तरुण दल कपिलवस्तुले आफ्नो ७१औं स्थापना दिवसको अवसरमा अति विपन्न परिवारलाई राहत समाग्री वितरण गरेको छ ।
दिवसको अवसरमा शिवराज नगरपालिका वडा नं २ बालापुरमा रहेका अति बिपन्न अशक्त ८ घरधुरी राहत समाग्री वितरण गरीएको जिल्ला अध्यक्ष शक्ती सिंह ठकुरीले जानकारी दिनुभयो । अति विपन्न परिवारलाई शुक्रवार चामल, दाल, नुन, तेल, साबुन लगायतका खाद्यान्न सामाग्री हस्तान्तरण गरेको नेपाल तरुण दल कपिलवस्तुका अध्यक्ष ठकुरी ले बताउनुभयो ।
राहत समाग्री वितरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली कांग्रेसका जिल्ला उपसभापती हुमकान्त खनालले तरुण दलको स्थापना दिवसको अवसरका राहत वितरण गरेको कार्य अति नै प्रंशासनिय भएको बताउनुभयो । रातह वितरण गर्दे उपसभापती खनालले नागरिकको दुख सुखमा सहयोग साथ दिनु नेपाली कांग्रेसको मुख्य उदेश्य रहेको बताउनुभयो ।
राहत पाएपछी बालापुरमाका अति बिपन्न अशक्त ८ घरधुरीका परिवार खुसी भएका छन ।
राहत वितरण कार्यक्रममा नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सदस्य लक्ष्मी चौधरी, कपिलवस्तुका जिल्ला सचिव प्रेम बहादुर सिंह रायमाझी, तरुण दल केन्द्रिय सदस्य तिलक थापा, राजन आले, नेपाली कांग्रेस जिल्ला प्रवक्ता इश्वरी प्रसाद पाण्डे, जिल्ला सदस्य विनोद नेपाल, जिल्ला सदस्य लक्ष्मी चौधरी, नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं ३ (क) गोविन्द केसी, शिवराज नगर सभापति मधु पोख्रेल, नेविसंघ जिल्ला सभापति चन्द्रकान्त पोख्रेल, पुर्व जिल्ला सदस्य हरि पोख्रेलको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा वडा नं २ का वडा अध्यक्ष राम बहादुर चौधरी, तरुण दल महाराजगंजका नेता सचिदा नन्द पाण्डे, अवधेश यादव, कांग्रेस नेता गोविन्द आचार्य, सुर्य बराल, निल कमल चौधरी, पदम प्रसाद सेन, प्रकाश न्यौपाने, युवराज घिमिरे, प्रभु थारु, वाईपी पौडेल, सिमरन विक, यमनाथ भुर्तेल, मोहन केसी लगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
राहत वितरण कार्यक्रमको सन्चालन तरुण दल जिल्ला सचिव अमर पौडेलले गर्नु भएको थियो ।
कार्यक्रमका झलकहरु
