Connect with us
Kapilvast Forest

निकुञ्जबाट मनग्गे राजस्व सङ्कलन

२०८०, १४ कार्तिक मंगलवारमा प्रकाशित

chitawan

चितव- दसैँको समयमा चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकबाट एक करोड ८५ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ । असार १६ देखि असोज १६ सम्म निकुञ्ज प्रवेश रोक लगाएर खुलेलगत्तै जङ्गल सफारीबाट राजस्व सङ्कलन गर्न सफल भएको हो । दसैँमा निकुञ्ज प्रवेश गर्ने वृद्धि भएसँगै राजस्व बढेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।

घटस्थापनादेखि कोजाग्रत पूर्णिमाको दिनसम्म निकुञ्ज प्रवेश गर्नेबाट एक करोड ८५ लाख ४४ हजार ९५० रुपियाँ राजस्व सङ्कलन भएको हो । विदेशी पर्यटकबाट मात्रै एक करोड २० लाख रुपियाँ सङ्कलन भएको छ । यस अवधिमा छ हजार ४८ जना विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए ।

चितवन निकुञ्ज प्रवेश गर्ने स्थलमा सौराहा, माडी, कसरा, मेघौली, अमलटारी कुजौली रहेका छन् । यीमध्ये सबैभन्दा धेरै पर्यटक चितवनको सौराहाबाट निकुञ्ज प्रवेश गर्ने कार्यालयका सूचना अधिकारी तिवारीले बताउनुभयो । सौराहाबाट विदेशी पर्यटक चार हजार ५४३ जना प्रवेश गरेका थिए । आन्तरिक पर्यटक भने सौराहाबाट मात्रै १२ हजार ५५८ जना निकुञ्ज प्रवेश गरेका थिए । नेपालीबाट १९ लाख ८४ हजार ९५० रुपियाँ राजस्व सङ्कलन भएको छ । सार्क देशका पर्यटक, जिप सफारी, पैदललगायतबाट राजस्व सङ्कलन हुँदै आएको छ । चितवन आएका पर्यटकको पहिलो रोजाइ जङ्गल सफारी हुने गरेको छ । एकसिङे गैँडा, पाटेबाघ, घडियाल गोही, निकुञ्जभित्र रहेका ताल, जङ्गली वातावरण, खोला, नदी, सौराहामा रहेको हात्ती प्रजनन केन्द्र, थारूको जीवनशैलीलगायत हेर्नका लागि यहाँ पर्यटक आउने गर्दछन् ।

निकुञ्ज प्रवेश गर्ने प्रमुख पूर्वी क्षेत्रको ढोका भनेर चिनिने सौराहामा होटल तथा लज धेरै भएको, सफारी गर्नका लागि सहज हुने भएकाले यस क्षेत्रमा पर्यटक धेरै आउने गरेको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीले बताउनुभयो ।

असोजदेखि चैतसम्म पर्यटकको सिजनका रूपमा लिने गरिन्छ । सबैभन्दा धेरै असोजदेखि पुससम्म विदेशी पर्यटक आउने समय भएको होटल व्यवसायी माधव दवाडीले बताउनुभयो । अहिले सौराहाका पर्यटकीय क्षेत्र भरिएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu