Connect with us
Kapilvast Forest

भृकुटीमण्डपमा फूल मेलाको रौनक, बिक्रि बढ्दा व्यवसायी खुसी (तस्विर)

२०८०, १६ कार्तिक बिहीबारमा प्रकाशित

काठमाडौ । काठमांडौको भृकुटीमण्डप प्रदर्शनीस्थलमा मंगलबारबाट जारी तिहार फ्लोरा एक्सपोमा फूलका बिरुवा किन्नेहरुको भिड बढेको छ । तिहारको उत्सव फूलको महोत्सव भन्दै नर्सरी ब्यवसायीसंघले गरेको एक्सपो तेश्रो दिनसम्म झन्डै २० हजारले अवलोकन गरेको संघका अध्यक्ष रामजी प्रसाद तिमिल्सेनाले जानकारी दिनुभयो ।

तिहार फ्लोरा एक्सपो २०८० मा ६२ वटा स्टलमा १ सय ५० भन्दा बढी प्रजातीका फलफूल तथा बिरुवाहरु प्रदर्शनमा राखीएका छन् । एकै टाउमा सबै भेराइटीका नर्सरी फलफूल तथा बिरुवाहरु पाइने भएकाले ग्राहकहरु दोहोराइ तेहराई किन्नका लागि आएको ब्यवसायीहरुले बताउछन ।

तिहार फ्लोरा एक्सपो २०८० मा ४० रुपैया देखि २० हजार मुल्यसम्मका फलफूल तथा बिरुवाहरु बिक्रिमा राखीएको छ । कात्र्तिक १४ गते शुरु भएको एक्सपो १८ गतेसम्म चल्ने छ ।

तिहार फ्लोरा एक्सपो २०८० को तेश्रो दिन भृकुटीमण्डपमा फूल बिरुवा पारखीहरुको बढ्दो चाप बढेको छ । तिहार पर्व नजिकिदै गर्दा गोदावरी सयपत्रीको सबैभन्दा बढी खरीदबिक्री भएको आयोजकले जनाएको छ । एक्सपोमा गुहेश्वरी नर्सरीले बुुधबार गोदावरी र सयपत्री राखेको स्टलमा राखिएको सबै बिरुवा बिक्री भएर स्टलनै खाली भएको जनाएको छ ।

गुहेश्वरी नर्सरीका प्रताप बस्नेतले तेश्रो दिन १ लाखको हाराहारीमा गोदावरी र सयपत्री बिक्री भएको बताउनुभयो । तिहार नजिकिएर होला तिहार फ्लोरा एक्सपोमा हामीले राखेको गोदावरी र सयपत्रीको माग उपत्यका बाहिरबाट नी भयो त्यसैले आज सोचे भन्दा बढी बिक्री भएको बस्नेतको भनाई छ ।

तिहार फ्लोरा एक्सपोमा ५ दिनको समयअवधीमा ३० हजार बढीले अवलोकन गर्ने र ५० लाखको कारोबार हुने आयोजकको अनुमान रहेको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu