Connect with us
Kapilvast Forest

पीडितको उद्धार, राहत र उपचारका लागि राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई आग्रह

२०८०, १८ कार्तिक शनिबारमा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पबाट पीडितहरुको उद्धार, राहत र घाइतेको शीघ्र उपचारको व्यवस्थापन कार्यलाई तीव्रता दिन प्रधानमन्त्री तथा गृहमन्त्रीलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट कर्णाली प्रदेशको जाजरकोट, रुकुमपश्चिमलगायतका जिल्लामा भूकम्पले गरेको धनजनको क्षतिको बारेमा जानकारी लिनुहुँदै पीडितको, राहत तथा घाइतेहरूको शीघ्र उपचारमा तीव्रता दिन आग्रह गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

पोखरेलका अनुसार भूकम्प प्रभावित क्षेत्रमा पुग्नुभएका प्रधानमन्त्री दाहाल र उपप्रधान तथा गृहमन्त्री श्रेष्ठसँग शनिबार टेलिफोन गरेर राष्ट्रपति पौडेलले सो आग्रह गर्नुभएको हो । राष्ट्रपतिले विपत्तिमा आवश्यक पर्ने सबै प्रकारको व्यवस्थापनका लागि पनि आग्रह गर्नुभएको थियो ।

राष्ट्रपति पौडेलले यसअघि बिहान भूकम्पबाट भएको मानवीय र भाौतिक क्षतिले आफू मर्माहत भएको बताउनुहुँदै विपद्को यस घडीमा मानवीय भावले उद्धार, राहत घाइतेको उपचारमा जुटन सरकार तथा सबै राजनीतिक, दल, जनप्रतिनिधि र आम नागरिकलाई अपिल गर्नुभएको थियो ।

जाजरकोटको बारेकोट गाउँपालिका वडानम्बर १ रामिडाँडा केन्द्रविन्दु भएर शुक्रबार मध्यराति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पको जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुमपश्चिममा ठूलो क्षति पुगेको छ । हालसम्म जाजरकोट र रुकूम पश्चिममा जिल्लामा गरी कम्तीमा १३६ जनाको मृत्यु भएको र कैयौं घाइते भएको जनाइएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu