मर्चवारबाट भौतिक पूर्बाधार बिकास मंत्रीले भने, मान्छे हारेपनि ठाउँ न हारोस
प्रहलाद यादव-
लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्बाधार बिकास मंत्री धर्म बहादुर चौधरीले मान्छे जित्नु भन्दा ठाउँ जित्नुपर्ने बताएका छन् । मर्चवार लिफ्ट सिंचाइ जल उपभोक्ता संस्थाले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै मन्त्री चौधरीले, मान्छे हारेपनि ठाउँ नहारोस भन्ने मान्यता हुनुपर्नेमा यहाँ पटक–पटक मान्छे जिते, तर ठाउँ हार्ने परिस्थिती रहेकोले बिकसमा पछाडि परेको बताएका हुन् ।
सदनमा सबैभन्दा बढी रुपन्देहीको मर्चवार र अर्को बर्दियाको कुरा उठ्ने गरेको स्मरण गर्दै उनले भने, “बर्दियामा बन्यजन्तु आतंकको कुरा र मर्चवारमा किसान र बिकासको गहन कुरा सदनमा बढी उठ्ने गरेको छ” .
उनले आफ्नो निर्बाचन क्षेत्र बर्दियाको राजापुरसित दाज्दै भन्नुभयो, “जसरी यहाँका माननीय ज्यूहरुले मर्चवारको सर्बाङ्गीण पक्षलाइ समेटन खोज्नु भएको छ, सांसदको हैसियतले मैले पनि राजापुरको सर्बाङ्गीण पक्षलाइ समेट्न खोजेको छु” उहाँले भने, “प्रदेशकै गौरवको रुपमा रहेको मर्चवार लिफ्ट सिंचाइ योजनामा एउटा मात्र समस्या छ, जहाँ पैसाको अभाव छ ।” यहाँको फोरलेन सडकको कुरा गर्दाखेरी कानुनी अडचन र समन्वयको अभाव मात्र रहेको उनले बताए ।
“कानुन त हामीलेनै बनाउने हो”, उनले भने, “त्यो त मिलीहाल्छ तर समन्यवको अभावमा संघले प्रदेशलाइ र प्रदेशले संघलाइ पंछाउने काम भइरहेको छ । स्थानीयले पनि केही कमी गरेहोला जसले गर्दा समस्या सडकमै रहेको छ ।”
“आज यतिका गौरवका योजनाहरु सडकमा राखेर प्रदेश सरकारको नेतृत्व गरिरहदा मलाइ पनि लाजको अनुभव भएको छ”, उनले भने, “म मेरो बाटोमा काम गर्दैछु, प्रयास म गर्न चाहिरहेको छु, तर यो काम सबैको साझा हो”, मर्चवार सपार्ने काममा सबैले साथ दिन आग्रह गर्दै मंत्री चौधीले भने, “हाम्रो लाज सडकमा नछोडौ, सबैजनाले अ–आफनो तरिकाबाट इमान्दारभइ अगाडी बढ्यो भने, राजा फालेर गणतन्त्र त ल्याइहाल्यौ, यो रुख ठूलो समस्या छैन ।”
मर्चवारको मुख्य फोरलेन सडक बनाउने काममा बाधक बनेको मर्चवार सामुदायिक बनका रुखहरुको कटान सम्बन्धमा बनमंत्रालय सँग पटक पटक अन्तरकृया गरेको सुनाउदै मन्त्री चौधरीले समस्याको छिटै समाधान हुने बताए ।
बिभेद र बजेट अभावमा मर्चवार पछाडि परेको होः पूर्ब मंत्री खाँन
कार्यक्रममा रुपन्देही क्षेत्र नं. ४ ‘ख’ का प्रदेश सभा सदस्य तथा लुम्बिनी प्रदेश सरकारका पूर्बमंत्री वसीउद्दीन खाँनले सरकारी बिभेद र बजेट अभावमा मर्चवार लिफ्ट सिंचाइ आयोजनाले लक्ष्य अनुसारको सेवा दिन नसकेको बताए । उहाँले रुपन्देहीमा अन्नको भण्डार भनेर चिनिने किसानको क्षेत्र मर्चवारलाई पुर्ण रुपले सिंचित हुनेगरी यहाँको नहर संजाललाई मर्मत तथा पुनःनिर्माण हुनेगरी बजेट उपलब्ध गराउन भौतिक पुर्वाधार बिकासमन्त्री चौधरीसंग माग गरे ।
मर्चवारमा बेथरी–खैरा चार लेनको सडक निर्माणका लागि २०७७ सालमा भएको ठेक्का सम्झौता कार्यन्वयन हुन नसकेको दुःखेसो पोख्दै पूर्बमंत्री खाँनले सरकारकै कारण साइड क्लियर नभएको हुदाँ अवरोध उत्पन्न भएको बताए ।
उनले साइड क्लियरेन्स गराउन स्थानीय सरकारसंग अग्रह समेत गरे । बेथरी–खैरा फोरलेन सडक निर्माणमा अवरोध गरेका रुखहरु सम्बन्धित निकायले दुई महिना भित्र नहटाए त्यसको कडा जबाफ दिने उनले चेतावनी पनि दिए । सदियौंदेखि सरकारी बिभेदका कारण बन्चितीकरणमा परेको रुपन्देहीको दुर्गम मानिने मर्चवार क्षेत्रले अब बिकासको गतिलिने उनले बताए । अहिलेको पालामा मात्र तीन पालिका समेटेको मर्चवार क्षेत्रले अरब बजेट देखेको दाबी गरे ।
“बिकास कार्यमा बिलम्ब भए आन्दोलन गर्नेः कन्हैया बनिया
मर्चवारको समस्याबारे सदनमा पटक–पटक आवाज उठाउदा पनि सम्बोधन हुन नसकेको प्रदेशसभा सदस्य कन्हैया बनियाले बताए । उनले भने, “मर्चवारको मुख्य बाटोको निर्माण कार्य नै अलपत्र छ, यहाँ विकासको अन्य कुरा गर्न गाह्रो भयो ।” प्रदेश सभा सदस्य बनियाले मर्चवारको बाटो निर्माणमा बाधक बनेका रुखहरु समयमै कटानका लागि पहल गर्न मंत्री चौधरीलाई आग्रह गर्दै भने, “मर्चवारको बाटो र बिकास निर्माण कार्यमा बिलम्ब भए सडक र सदन दुबै ठाउँबाट आन्दोलन थाल्नेछु ।”
“यहाँ न सडक छ, न शुबिधा सम्पन्न अस्पताल, न त कृषि उर्बर भूमिका लागि सिंचाइको प्रयाप्त शुबिधा नै छ” बनियाले भने, “सरकारले बिकासका हरेक योजनाहरु उत्तरी क्षेत्रबाट मात्र सुरुगर्ने गरेकोले मर्चवार पिछडिएको छ, त्यसैले अव दक्षिणबाट हुनुपर्यो ।
मर्चवार लिफ्ट सिँचाई परियोजना, जुन अर्बौको लगानीमा धेरै पहिला निर्माण गरिएको हो, त्यसलाई संघ र प्रदेश सरकारले मर्मत सम्भार र संचालनसम्म गर्न सकेन भने जनताले आन्दोलन मार्फत ल्याएको संघीयताको कुनै कुनै अर्थ नरहने उनले बताए । जगन्नाथ प्रसाद कुर्मीको संचालन तथा मर्चवार लिफ्ट सिचाँई जल उपभोक्ता संस्थाका अध्यक्ष नजीर अहमद खाँको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठी र सम्मरीमाई गाउँपालिका अध्यक्ष बिनोद कुमार श्रीवास्तवले नहर बनाउन गाउँपालिकाबाट आवश्यक बजेट बिनियोजन गर्न तयार रहेको बताए ।
कार्यक्रममा भौतिक पुर्वाधार बिकास मन्त्रालयका सचिव सुनिल पौडेल, वडाध्यक्षहरु संजय कुमार सैनी र सशीदयाल चौधरी, लगायतकाले मर्चवारको समस्याबारे बोलेका थिए।…