Connect with us
Kapilvast Forest

भैरहवाका मेयरले ६ महिनाको सुविधा बराबरको रकम भूकम्प पीडितलाई दिने

२०८०, २० कार्तिक सोमबारमा प्रकाशित

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) का नगर प्रमुख इश्तियाक अहमद खाँले आफूले पाउने ६ महिनाको सुविधा बराबरको २ लाख ३४ हजार रुपैयाँ जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई प्रदान गर्ने घोषणा गरेका छन् ।

भूकम्पले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै मेयर खाँले भूकम्प पीडितहरुको पुनर्स्थापना, गाँस, बास र आवास लगायतका व्यवस्थापनका लागि सहयोग होस् भनेर ६ महिनाको सुविधा बराबरको रकम दुवै जिल्लाका पीडितहरुलाई समान रुपमा प्रदान गर्ने बताएका हुन् । भैरहवाका मेयर खाँले मासिक ३९ हजार रुपैयाँ सुविधा पाउने गरेका छन् ।

‘भूकम्पले मानवीय र भौतिक रुपमा धेरै क्षति पुर्याएको छ, मानवीयताले पनि हामी सबै नेपालीले दुःखमा परेका नेपालीलाई सहयोग गर्ने भावना हुनुपर्छ,’ उनले भने, ‘सोही भावना अनुसार थोरै सहयोगले भए पनि पीडितहरुलाई सहयोग होस् भनेर मेरो ६ महिनाको सुविधा बराबरको २ लाख ३४ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हुँ ।’

मेयर खाँले घोषणा गरेको सहयोग रकम दुवै जिल्लाको विपद् व्यवस्थापन कोष वा नेपाल सरकारले तोकेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिदिने सिद्धार्थनगर नगरपालिकाको कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu