Connect with us
Kapilvast Forest

सरकारको लगानी बालुवामा पानीः कुलो बन्यो, पानी छैन

२०८०, १ मंसिर शुक्रबारमा प्रकाशित

सनिउल्ला धोबी-
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं २ बालापुरको मिलनचोकमा सिचाईको लागि निर्माण भएको कुलोमा सरकारको लगानी बालुवामा पानी सरह भएको छ । शिवराज नगरपालिकाको रु ५१ लाखको लागतमा निर्माण गरिएको कुलो वालुवामा पानी खन्याए सरह भएको हो ।

मिलनचोक स्थित प्रेम बहादुर नेपालीको घरदेखी धैसे विकको घरसम्म सिचाइका लागि निर्माण भएको सुक्खा खाली कुलो मात्र छ । निर्माण गरिएको कुलोको उत्तर जंगल छ । दक्षिण तर्फ बालापुरको ठुलो बस्ती रहेको छ । विच बस्तीमा सिमेन्टेड कुलो मात्र बनेको छ । कुलोमा पानी कहाँबाट कहिले आउछ भन्न प्रश्न आम नागरिकमा उब्जीएको छ ।

बालापुरका दिनेश चौधरीका अनुसार उक्त कुलोमा सुरहीबाट पानी ल्याइ सिचाई गर्नका लागि बनेको बताउनु भयो । चौधरीले भन्नुभयो कुलो बन्यो तर जहाँ बन्नुपर्ने हो त्यहा बनको छैन । बालापुरकै रमेश खनाल भन्छन कुलो पानीको मुहान अथाव बाधबाट बनाउन्ु पर्ने हो तर विच बस्तीमा मात्र कुलो बनाएर के गर्न खोजीएको हो भनेर प्रश्न गर्नुभयो ।

२९ करोडको लागतमा बहुबर्षिय सिचाइ योजना अन्तरगत उक्त कुलो बनेको स्थानिय सिमरन विकले बताउनुभयो । शिवराज १ बनकट्टा स्थित सुरही खोलाबाट बाध बाधेर सिचाईको लागि पानी ल्याउने योजना रहे पनि मिलनचोकमा कुलो मात्र बनेको छ ।

शिवराज नगरपालिका आर्थिक बर्ष २०७९।०८० मा रु ८० लाख विनियोजित रकम मध्ये कविर मर्मत तथा निर्माण सेवाले रु ५१ लाखमा उक्त योजना ठेक्कामा लिएको थियो । उक्त कुलो बनकट्टा देखी विसनपुरसम्मको खेत सिचाईको लागि भएपनि यस बर्ष कुनै पनि रकम विनियोजन गरीएको छैन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu