कृष्णनगरमा किन रोकिए तरकारी र फलफूलको गाडी
सनिउल्ला धोबी,
कपिलवस्तुको सबैभन्दा ठूलो भन्सार नाका कृष्णनगर भन्सार कार्यालय परिसरमा फलफुल र तरकारी बोकेको ट्रकहरु रोकिएका छन । भारतबाट नेपाल आउने २० भन्दा बढी ट्रकहरु रोकिएको छ ।
फलफूल र तरकारीको तौलको विषयमा तरकारी, फलफुल ब्यवासायी र भन्सार अधिकृत करवीर गैह्रे विच विबाद भएको छ । विबाद भएपछि तरकारी र फलफूल लोड गरिएको सवारी भन्सार कार्यालय भित्रै राखेर ब्यवसायीहरु बिरोधमा उत्रीएका छन ।
यसभन्दा पहिले तौल नगरी भन्सार हुँदै आएको भएपनी भन्सार अधिकृत करविर गैह्रे कृष्णनगर आएपछि फलफूल र तरकारी ब्यवासायीलाई दुख दिने गरेको तरकारी ब्यवसायी अरुण कुमार गुप्ताले जानकारी दिनु भयो ।
कृष्णनगर भन्सारले अन्य ब्यापारी भन्दा तरकारी र फलफूलका ब्यापारीलाई पटक पटक भन्सार अधिकृतले दुख दिदै आएको अर्का फलफुल ब्यापारी अनवरुल्लाहले बताउनु भयो ।
कृष्णनगर भन्सार कार्यलयका भन्सार अधिकृत तथा सूचना अधिकारी लेखनाथ भट्टराईले फलफूल तथा तरकारी ब्यवसायीहरुलाई तौल गरेर मात्र भन्सार गर्न अनुरोध गरेको जानकारी दिनु भयो ।
सूचना अधिकारी भट्टराईले भन्नू भयो “हामीले अहिले पनि भन्सार गर्न तयार छौं तर ब्यापारीहरु लोड गाडी कार्यालय भित्र राखेर बाहिर बस्नु भएको छ । ”
भिडियो –
https://fb.watch/or791ouTqJ/?mibextid=UyTHkb