Connect with us
Kapilvast Forest

सेनामा जागिर खाने अवसर, ३२ सय जनाको माग

२०८०, ८ मंसिर शुक्रबारमा प्रकाशित

तपाईं नेपाली सेनामा जागिर खाने इच्छा गरिरहनुभएको छ भने अवसर आएको छ । सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि ठूलो संख्यामा आवेदन मागेको छ।

सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको हो ।

सेनाले सैन्य पदमा २ हजार ९ सय र सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, माली लगायतका पदमा ३ सय ९३ जना कर्माचारी मागेको हो।

पदपूर्तिका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त दिन सक्ने छन् ।

ट्रेडका फलोअर्स पदहरूको हकमा भने उमेदवार स्वयम् भर्ना केन्द्रमा उपस्थित भई दरखास्त फाराम भर्नुपर्ने सेनाले जनाएको छ । आउँदो ७ पुससम्म आवेदन दिन पाइनेछ भने दोब्बर दस्तुर तिरेर १५ पुससम्म आवेदन दिन सकिने भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu