Connect with us
Kapilvast Forest

नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया कार्यक्रम हुने

२०८०, १३ मंसिर बुधबारमा प्रकाशित

सनिउल्ला धोबी, कपिलवस्तु-
नेपाल कम्युनिष्ट पार्टी (विप्लव) को आयोजनामा कपिलवस्तुको चन्द्रौटामा हुने भएको छ । देशको वार्तमान राजनितिक संकट र समाधानको विषयमा बृहत अन्तरक्रिया कार्यक्रम हुने नेकपाका पश्चिम कपिलवस्तुका जिल्ला सचिव विनोद लुइटेल (पावेल सी) ले जानकारी दिनुभयो ।

कार्यक्रमलाई नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले मंसिर १५ गते शुक्रबारका दिन सम्बोधन गर्ने जिल्ला सचिव पावेलले बतानउनु भयो । देशको आर्थिक संकट, राजनितिक परिवेश, बैदेशिक हस्तक्षेप, सामाजिक विकृती, सांस्कृतिक विचलन, प्रकोपबाट प्रभावितको अवस्थाका बारेमा अन्तरक्रिया कार्यक्रम हुने नेकपा कपिलवस्तुले जनाएको छ ।

सो कार्यक्रममा स्थानिय राजनितिक दलका आगुव प्रतिनिधी, विभिन्न विषयका जानकार, उद्योगी, व्यपारी, व्यावसायीको सहभागिता रहनेछ । कार्यक्रम चन्द्रौटामा रहेको व्यपार संघको सभाहलमा शुक्रवार विहान ११ बजे हुने छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu