स्कुल बसको ठक्करले दुइको मृत्यु एक घाइते
प्रहलाद यादव लुम्बिनी
स्कुल बसको ठक्करबाट दुइजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । लुम्बिनीबाट कालीदह तर्फ जादै गरेको सिद्धार्थ प्रतिभा इङ्गलिश बोर्डिङ्ग हाई स्कुल सुर्यपुराको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको पल्सर मोटरसाईकललाइ ठक्कर दिएको ईलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ४ महुवारी स्थित कालीदह ककरहवा सडकखण्डमा बिहान ८ बजे बसले दिएको ठक्करले दुर्घटनामा परि लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ४ अमारी बस्ने २१ वर्षिय मोहम्मद इरसाद र सोही ठेगाना कि १६ वर्षिय रुबिना खातुनको घटनास्थलमै मृत्यु भएको हो ।
यसैगरी गम्भीर घाइते रहेकी १७ वर्षिय अफ्साना खातुनको मेडिकल काँलेज भैरहवामा उपचार भइरहेको छ । घटनापछि अक्रोसित स्थनीयले सो बस जलाइदिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको र घाइतेको अवस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरिक्षक कन्चन तामाङले बताएका छन् ।