Connect with us
Kapilvast Forest

नेपाली नागरिकलाई भारतीय कागजात बनाइदिने तीन जना पक्राउ

२०८०, २० मंसिर बुधबारमा प्रकाशित

काठमाडौँ उपत्यकाभित्रका क्यासिनोहरुमा प्रवेश गर्न भारतीय कागजात बनाइदिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार स्थायी घर दोलखा मेलुङ गाउँपालिका ३ भई हाल काठमाडौँ बुढानीलकण्ठ बस्ने ४७ वर्षीय गोविन्द खड्का, ओखलढुङ्गा घर भई हाल ललितपुर बस्ने ३९ वर्षीय नवीन राई र रुपन्देही घर भई हाल काठमाडौँ तारकेश्वर बस्ने २५ वर्षीय विनोद न्यौपानेलाई पक्राउ गरिएको छ ।

उनीहरूले क्यासिनो प्रवेश गराइ खेलाउने प्रयोजनका लागि नेपाली नागरिकको भारतीय कागजात बनाइदिने गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu